७ चैत्र २०७९, मंगलवार

Mar 21, 2023

बुटवल । ‘स्वयम् उत्पत्तिमान नेपालकै एकमात्र बोलबमधाम’ मानिने रुपन्देहीको सैनामैना स्थित पर्रोहा बोलबम धाममा लाग्ने यस वर्षको श्रावणी मेला तथा बोलबम जलार्पण कार्यक्रम स्थगित भएको छ । हरेक वर्ष गुरुपूर्णिमाका दिनदेखि जनैपूर्णिमासम्म एक महिना लाग्ने श्रावणी मेला ,बोलबम जलार्पण तथा यात्रा कार्यक्रम यो वर्ष स्थगित गरिएको छ । विश्वव्यापी कोरोना महामारीसँगै सरकारले आह्वान गरेको लकडाउनलाई मध्यनजर गरी सम्पूर्ण कार्यक्रम स्थगित गरिएको धाम व्यवस्थापन समितिका अध्यक्ष रामवली चौधरीले जानकारी गराए ।

Advertisement

२ दशक अघिदेखि सुरु भएको बोलबम जलार्पणका क्रममा विगतका वर्षहरुमा स्वदेशका सबै जिल्लाहरुबाट बाग्मती, त्रिवेणी, गण्डकी, रिडी, जलेश्वर, नारायणी लगायत विभिन्न नदी तथा घाटबाट जल ल्याई बोलबमधाममा अर्पण गर्न हजारौं संख्यामा श्रद्धालु भक्तजनहरु आउने गरेका थिए । ‘भिडभाडले कोरोनो संक्रमण थप फैलिन सक्ने भएको हुँदा सरकारले गरेको निर्णयलाई कार्यान्वयन गर्नका लागि यस वर्षका सम्पूर्ण धार्मिक कार्यक्रम स्थगित गरेका छौं ।’–चौधरीले भने ।

बुटवलबाट–११ किलोमिटर पश्चिम रानीबगिया र रानीबगियाबाट २ कि.मि.दक्षिणमा अवस्थित यो धाम धार्मिक आस्थाको केन्द्रबिन्दु हो । तिर्थयात्रा, जलार्पण लगायत कार्यक्रम तथा धाम परिसरमा विगत वर्षहरुमा जस्तो बजार पसल सञ्चालनमा रोक लगाइने अध्यक्ष चौधरीले बताए । पुजापाठका लागि आउने स्थानीयहरुलाई भने सामाजिक दूरी कायम राखी व्यवस्थापन गरिने उनले बताएका छन् ।

पश्चिमको पशुपति भनेर चिन्न सकिने यस धाममा विगत वर्षहरुमा साउनको एक महिना भव्य धार्मिक मेलाको आयोजना हुने गर्दथ्यो । धाममा पहेँलो तथा गेरु वस्त्र पहिरेर विभिन्न नदि, घाट तथा घरबाट पैदलयात्राद्वारा जल ल्याई जलार्पण गर्ने परम्परा रहेको छ । खाली खुट्टा बोलबम ! बोलबम !! बोलबम !! उच्चारण गर्दै जलार्पण गरे पाप क्षमा हुने र अनन्य पुण्य कमाइने जनविश्वास रहँदै आएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको चन्द्रकोट गाउँपालिकाले सोमपाल कामीलाई ५० हजार पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डविरुद्ध नारावाजी सालकको खपेटासहित गोंगबुबाट एक पक्राउ उँखुजन्य उत्पादनलाई व्यवस्थित गर्न सहकारी गठन दलित समुदायको हकअधिकारका लागि सिङ्गो राज्य जिम्मेवार छ : प्रधानमन्त्री प्रचण्ड जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ : अध्यक्ष ओली बर्दिवास मेडिकल कलेज नबन्दै झमेलामा संकिणता र जडता नै नेपालको ओरालो यात्रा ! प्रधानमन्त्री प्रचण्डले गरे सडकको शिलान्यास गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ :राष्ट्रपति पौडेल सरकारमा जान एकीकृत समाजवादीद्वारा कार्यदल गठन दोल्ती पावरको आइपीओमा आवेदन दिने अन्तिम दिन सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा सिटी होटलले आइपीओ निष्कासन गर्न पायो अनुमति सोमबार रातिदेखि वर्षा जारी ‘बौद्धदर्शन र सञ्चार’ अनुसन्धानात्मक कृतिको परिचर्चा कार्यक्रम सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ? अमेरिकी डलरसँगै युरोको भाउ पनि बढ्यो, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ? बुटवलमा यामाहाको एक्स्चेन्ज सुरु राहादानी बिभागले घोडेजात्रामा पनि सेवा दिने