७ चैत्र २०७९, मंगलवार

Mar 21, 2023

गुल्मी । गुल्मीमा पहिरोका कारण २ जनाको मृत्यु भएको छ । अबिरल वर्षासँगै गुल्मीको इस्मा गाउँपालिकाको वडा नम्बर–१ को मल्दीम गएराति पानीसँगै पहिरोमा परेर १८ महिनाका सिजन सारु र ७ वर्षकी अपेक्षा खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिए । पहिरोमा परेर ५ जना घाइते भएका छन् । घाइतेहुनेहरुमा ५ वर्षका आयुष खत्री, २९ वर्षकी इश्वरा खत्री, ६४ वर्षका टिका खत्री, २२ वर्षकी सृजना सारु, २५ वर्षका बसन्त सारु रहेको प्रहरीले जनाएको छ ।

Advertisement


घाइतेहरु सबैलाई थप उपचारको लागि काठमाडौं पठाइएको छ । पूर्वमन्त्री तथा संसद गोकर्ण बिष्ट पहिरो प्रभाबित क्षेत्रमै पुगेर स्थलगत अनुगमन गरेर थप उपचारको लागि काठमाडौं पठाइएको हो । घाइतेहरु ३ जनालाई पहिरो प्रभावित क्षेत्रबाटै र २ जनालाई उपचारको लागि तम्घास लगिएकोमा सोहि स्थानबाटै उपचारको लागि काठमाण्डौं पठाइएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए । घर माथीबाट गएको पहिरोमा परिवारका अन्य सदस्य भाग्न सफल भएका थिए ।

त्यस्तै मुसिकोट नगरपालिका वडा नम्बर २ का भागीरथ घिमिरे पहिरोमा पुरिएर बेपत्ता भएका छन् ।
रातिबाट बेपत्ता घिमिरेको अवस्था अझै पत्ता नलागेको वडाध्यक्ष लक्ष्मण खत्रीले जानकारी दिए । पहिरोले गाउँ–गाउँबिचकै सम्पर्क बिच्छेद भएको र अन्य मुल सडक समेत अवरुद्ध भएका कारण उद्धारमा समस्या भएको छ । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटना स्थलमा उद्धारको लागि घटना स्थलमा रहेको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको चन्द्रकोट गाउँपालिकाले सोमपाल कामीलाई ५० हजार पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डविरुद्ध नारावाजी सालकको खपेटासहित गोंगबुबाट एक पक्राउ उँखुजन्य उत्पादनलाई व्यवस्थित गर्न सहकारी गठन दलित समुदायको हकअधिकारका लागि सिङ्गो राज्य जिम्मेवार छ : प्रधानमन्त्री प्रचण्ड जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ : अध्यक्ष ओली बर्दिवास मेडिकल कलेज नबन्दै झमेलामा संकिणता र जडता नै नेपालको ओरालो यात्रा ! प्रधानमन्त्री प्रचण्डले गरे सडकको शिलान्यास गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ :राष्ट्रपति पौडेल सरकारमा जान एकीकृत समाजवादीद्वारा कार्यदल गठन दोल्ती पावरको आइपीओमा आवेदन दिने अन्तिम दिन सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा सिटी होटलले आइपीओ निष्कासन गर्न पायो अनुमति सोमबार रातिदेखि वर्षा जारी ‘बौद्धदर्शन र सञ्चार’ अनुसन्धानात्मक कृतिको परिचर्चा कार्यक्रम सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ? अमेरिकी डलरसँगै युरोको भाउ पनि बढ्यो, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ? बुटवलमा यामाहाको एक्स्चेन्ज सुरु राहादानी बिभागले घोडेजात्रामा पनि सेवा दिने