ताजा अपडेट »

कविता : मिस्त्रीको मृत्यु

शुक्रबार, १९ असार २०७७, १२ : २७
52 Shares

पाँच तल्ला माथिको
बिल्डिङको छतमा बेल्चाको डोरी तानिरहेको
उसको हात अचानक फुस्कियो
र झर्यो भूइँमा थुपारिएको इँटाको थाक माथि उसको शरीर
त्यो बेला उसले अन्तिम पटक
बेस्मारी हेर्यो पृथ्वीलाई र फेर्यो अलिकति सास।

मान्छेहरु अनदेखा गरिरहेका थिए उसलाई
थियो त गहिरो शोकपीडामा उसले चलाउने गरेको मार्तोल।

उसको वरिपरि थिए मलामीको नाउँमा
इँटाको चोइटा हम्मरको हतासो
खिया लागेर आधा भएको बेल्चाको बिड।

छेउमा गरिरहेका थिए
कामदारलाई जस्तो दुर्ब्यबहार
उसको लासलाई पनि उसको मालिक।

उसको मृत्यु भन्दा ठूलो
हानीनोक्सानीको सुर्ता थियो उसको मालिकलाई।

उसले चलाउँदा चलाउँदै छोडी राखेको
आधाबोरा सिमेन्ट
इँटा जोड्दा हातको सुरक्षाको निम्ति लगाउने
उसको एक जोड् पञ्जा
पसिना बेचेर उसले
दुइसौं पँचासमा किनेको पुरानो मोडलको गम्बुट्
र सधै गाउँको सम्झना बोकी ल्याउने
उसको सादा मोबाइलफोन।

उसको मृत्युशोकमा अलापबिलाप गरिरहेका थिए।

आधा बिल्डिङको पोस बुनेर छोडेको रिङसुल
आधा बुन्न बाँकी रटको टुक्रा।
प्लासटर गर्नलाई छोडी राखेको रुसा कर्नी
र चौकटको लागि सोज्याउँदै गरेको काटी मार्तोल।

सबका सब अचम्मित थिए उसको मृत्युमा।

तर उसको मालिक सोधि रहे थ्यो
कल्ले गर्छ मेरो नोक्सानीको पुर्तीरु
कल्ले गर्छ येल्ले आधाकल्चो छोडेको कामरु

गुमान गरी गरी बलिरहेको थियो आगो
आगै माथि थियो उसको लास भैसकेको शरीर।

युगौ हिँडी आएर जीवनदेखि
कहिले नथाकेको पहिला उसको खुट्टा जल्यो
त्यसपछि जल्यो दुःखको
पाहाडै उचाल्न सक्ने उसको हात
र जल्यो अभागी नाउँको टाउको
तर कस्सै कस्सै कस्सै गरी जल्न मानेन उसको छाती
जहाँ उसको अदृश्य रहरहरुले
बनाएको थियो सिंगो एउटा ब्रामण्ड।

कुनै मिस्त्रीको मृत्यु यति सस्तो किन हुन्छ?

दार्जिलिङ/कालिम्पोङ/भारत

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।