१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

तस्विर : सामाजिक सञ्जाल

बुटवल । गएराती देखि परेको अविरल वर्षाकाका कारण गुल्मीको इस्मा गाउँपालिकामा पहिरो जाँदा २ जनाले ज्यान गुमाएका छन् । इस्मा गाउँपालिका-१ (साविकको हस्तिचौर-१) मा पहिरोले पुरिएर इस्मा-१ हस्तिचौरका वसन्त सारुका १८ महिनाका छोरा सिजन र सोही ठाउँ निवासी रिखबहादुर खत्रीकी ७ वर्षीया छोरी अपेक्षाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । वर्षासँगै आएको पहिरोमा परि अन्य चार जना गम्भीर घाइते भएका छन् । पहिरोमा परी अझै एक जना वेपत्ता छन् ।

Advertisement

घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना तथा सशस्त्रको टोलीले उद्धार कार्य जारी राखेका छन् । मौसमका कारण फोन सम्पर्क हुन नसकेपछि घटना स्थलका बारेमा थप जानकारी आउन नसकेको गाउँपालिका अध्यक्ष विष्टले बताए । हस्तिचौर स्वास्थ्यचौकीका इन्चार्ज समसुलहक मियाँको टोली पुगेर घाइतेहरुको उद्धार गरेको छ ।

उद्धारका लागि हेलिकप्टर ल्याउने भनिएपनि मौसमको खराबीका कारण हेलिकोप्टर आउन नसकेको वडा नम्बर १ का अध्यक्ष चुराबहादुर खत्रीले बताए । पूर्वमन्त्री तथा गुल्मीका सांसद गोकर्ण विष्टले हेलिकोप्टर ल्याउने तयारी भएको बताएपनि अवतरण गर्न नसक्ने बताएपछि काठमाडौंमै रोकिएको उनले जानकारी गराए । त्यस्तै मुसिकोट नगरपालिका वडा नम्बर २ का भागीरथ घिमिरे पहिरोमा पुरिएर बेपत्ता भएका छन् । वर्षाका कारण मूलसडकसमेत अवरुद्ध भएका कारण उद्धारमा समस्या भएको छ ।

१ सय ३५ घर-परिवार विस्थापित हुने अवस्थामा
पहिरोका कारण इस्मा-१ मा साविक हस्तिचौर-१ का सय घर–परिवार विस्थापित हुने अवस्थामा रहेको वडा अध्यक्ष खत्रीले जानकारी गराएका छन् । यसैगरी इस्मा-१ का रातापानी, ढाड, थोरे डाँडा, भुम्ला पोखरालगायतका वासिन्दाहरु जोखिममा रेहेको गाउँपालिका अध्यक्ष विष्टले बताएका छन् । इस्मा-४ मा रहेको कालीका आधारभूत विद्यालयको २ वटा भवन भत्किएको छ । जहाँ क्वारेन्टिन स्थापना गरी ७ जना वस्दै आएका थिए । उनिहरुलाई अन्यत्र व्यवस्थापन गरिएको छ ।

वडा नम्बर ४ का ७ घर-परिवार विस्थापित भैसकेका छन् । यसअघिनै त्यस स्थानबाट १४ घरपरिवार विस्थापित भैसकेका छन् । जुेकपानीमा रहेका १५/२० घरपरिवार विस्थापित हुने अवस्थामा रहेका छन् भने मिल्दीका १५ घर-परिवार विस्थापित हुने अवस्थामा रहेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै भारत पुगेर उपचार गराइरहेका क्यान्सर पीडित राईलाई १७ लाख जुट्यो माेटरसाइकल दुर्घटनामा २ जनाकाे मृत्यु जितगढीदेखि सुरु भयो ‘राइड टु रानीमहल सिजन-३’ ६ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै अब स्थानीय पालिकाबाटै पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको आवेदन कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदै प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनल आज, नेपाल र लाओस भिड्दै आजदेखि इण्डियन प्रिमियर लिग ‘आईपीएल’