ताजा अपडेट »

त्रिविका बैशाख र जेष्ठमा हुने परीक्षा स्थगित (सूचनासहित)

शुक्रबार, २८ चैत्र २०७६, ०९ : ००
10 Shares

काठमाडौ । त्रिभुवन विश्वविद्यालयले बैशाख र जेष्ठमा संचालन  गर्ने परीक्षा अर्को सूचना नआउँदासम्मका लागि स्थगित भएको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना ( कोभिड-१९) का कारणले परीक्षा स्थगित गरिएको त्रिविले जनाएको छ ।

बैशाख र जेष्ठमा हुन लागेको विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षा शास्त्र संकाय तर्फका ४ वर्षे वी.एस्सी, वी.वी.एस. र बी.एड. चौथो वर्षका नियमित तथा आंशिक  परीक्षा र पोष्ट ग्राजुएट डिप्लोमा इन काउन्सेलिंङ् साइकोलोजी, स्कुल साइकोलोजी, र पोष्ट ग्राजुएट इन उमन स्टडीजका पुरा तथा आंशिक परीक्षा स्थगित भएका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।