ताजा अपडेट »

‘A ग्रेड ल्याउनेले A plus ल्याउने गरी प्रयास गराैं’

विहीबार, ०६ चैत्र २०७६, ११ : १७
6 Shares

सकारात्मक सोचाइको विकास गरौं । SEE वा अन्य परीक्षा कार्यक्रम सरेर केही हुन्न। फेरि दिन मिल्छ । जीवन गए फर्किन्छ र ? जीवन रहे पाे परीक्षाको अर्थ रहन्छ। परीक्षा सरेर दुखी नबनौं। अझै राम्रो तयारीमा जुटाैं । A ग्रेड ल्याउनेले A plus ग्रेड प्राप्त गर्ने गरी प्रयास गराैं । अन्यले आफ्नो क्षमतामा वृद्धि गरौं । परीक्षा सङ्कट आउँछ भने दिंदै गर्दा पनि स्थगित गर्नु पर्ने हुन्छ । आखिर शरीरभन्दा परीक्षा ठूलाे हुँदैन।

बुझपचाउने काम कहिँ कतैबाट नगराैं । सरकारले अभिभावकको भूमिका निर्वाह गरेको छ। उचित र सामयिक निर्णय लिएको छ। जोखिम न्यून गर्ने यहाँभन्दा अर्को राम्रो विकल्प सायद थिएन। जे निर्णय भएको छ, राम्रो भएको छ । SEE दिन अलि टाढा गएका भाइबहिनीहरू घर फर्किन सक्नु हुन्छ तर काेराेनाले लगेका इटलियन वा चिनिया वा अन्य अकालमै ज्यान गुमाउनेहरू फर्किन सक्नु हुन्न । कुनै पनि आपतकालीन निर्णय काम हुनु भन्दा केही समय अगाडि लिने हो। द्वन्दात्मक विचार राखेर बहस नगरौं कि ?

विद्यार्थी भाइबहिनीलाई अनुरोध

१. हतोत्साहित भएर अध्ययन गर्न नछोडौं।

२. नियमित रूपमा विषयगत शिक्षकले भनेबमोजिम तयारी गरौं ।

३. यो समय ग्रेड वृद्धि गर्ने मौका हो भनेर उपयोग गरौं।

४. नियमित समयतालिका बनाएर अभ्यास गरौं ।

अभिभावकका निम्ति विनम्र अनुरोध

१. आफ्ना छोराछोरीलाई नियमित रेखदेख गरौं ।

२. ग्रेड वृद्धि गर्ने अवसरका रूपमा लिनका लागि प्रोत्साहन गरौं ।

३. घरबाहिर ठुलो समूह, सभा ,सम्मेलनमा जान रोकौं।

४. सरसफाईमा ध्यान पुर्याऔँ ।

५. SEE जीवन होइन। स्वस्थ रहे यो अवसर पून: प्राप्त गर्न सकिन्छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।