Mar 29, 2023
बुटवल । लघुवित्त संघ नेपालको अध्यक्षमा चौतारी लघुवित्त वित्तिय संस्थाकाका अध्यक्ष जगत पोखरेल चयन भएका छन् । जसको उपाध्यक्षमा माणिकरत्न शाक्य र भगवती चौधरी, महासचिवमा बाबुराम विश्वकर्मा, सचिवमा अनन्तकुमार श्रेष्ठ, कोषाध्यक्षमा नरेश केसी रहेका छन् । लघुवित्त संस्थाको सञ्चालक समितिका अध्यक्षहरुको नयाँ संस्था खोलिएको हो । नवगठित संस्थाले तदर्थ कार्यसमिति घोषणा गरेको हो ।
नवनिर्वाचित अध्यक्ष पोखरेलले संस्थालाई भविष्यमा लघुवित्त महासंघको रुपमा रुपान्तरण गर्ने उद्देश्यसहित लघुवित्त बैंकर्स संघ स्थापना गरिने बताए । हाल देशभर ९० ओटा लघुवित्त संस्था छन् । पुस मसान्तसम्म ९० वटा संस्थाको कूल पुँजीकोष ३२ अर्ब ५९ करोड, कूल कर्जा प्रवाह २ खर्ब ५६ अर्ब ३१ करोड रहेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । ती संस्थाहरुले देशका ७७ वटै जिल्लामा कार्यक्षेत्र विस्तार गरिसकेका छन् ।
प्रतिकृया दिनुहोस्