७ चैत्र २०७९, मंगलवार

Mar 21, 2023

बेइजिङ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजियानले वुहानमा कोरोना भाइरस अमेरिकी सेनाले संक्रमण फैलाएको दाबी गरेका छन् । उनले शुक्रबार ट्विटमार्फत कोरोना इपिसेन्टर भनिएको हुबेइ प्रान्तको सेन्ट्रल वुहानमा नोभेल कोरोना भाइरस अमेरिकी सेनाले ल्याएको दाबी गरेका हुन् । 

जाओले आफ्ना दुई लाख ८७ हजार फलोअर्सलाई क्यानडास्थित षड्‌यन्त्र फैलाउने वेबसाइटले लगाएको आरोपको खण्डन गर्दै कोरोना भाइरस चीनको वुहानमा नभएर अमेरिकाबाट सुरु भएको कुरा शेयर गर्न आग्रह गरेका छन् । उनले वुहानको सी फुडबाट कोरोनाको संक्रमण नफैलिएको पनि दाबी गरेका छन् । “मैले विश्वास गरेका धेरै कुराहरु एकाएक आश्चार्यजनक तरिकाले परिवर्तन भएका छन्,” उनको आधिकारीक ट्विटमा लेखिएको छ । तर, बेइजिङस्थित अमेरिकी दूतावासले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । 

अमेरिकी सेना गत अक्टोबरमा अन्तर्राष्ट्रिय सैनिक विश्व खेलकुदका लागि वुहानमा गएको थियो । उक्त कुरालाई जोड्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता यस्तो आरोप लगाएका हुन् । अहिले विश्वभरमा १२७ मुलुकमा कोरोनाको संक्रमण देखिएको छ । – साउथ चाइना मर्निङ पोस्ट 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको चन्द्रकोट गाउँपालिकाले सोमपाल कामीलाई ५० हजार पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डविरुद्ध नारावाजी सालकको खपेटासहित गोंगबुबाट एक पक्राउ उँखुजन्य उत्पादनलाई व्यवस्थित गर्न सहकारी गठन दलित समुदायको हकअधिकारका लागि सिङ्गो राज्य जिम्मेवार छ : प्रधानमन्त्री प्रचण्ड जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ : अध्यक्ष ओली बर्दिवास मेडिकल कलेज नबन्दै झमेलामा संकिणता र जडता नै नेपालको ओरालो यात्रा ! प्रधानमन्त्री प्रचण्डले गरे सडकको शिलान्यास गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ :राष्ट्रपति पौडेल सरकारमा जान एकीकृत समाजवादीद्वारा कार्यदल गठन दोल्ती पावरको आइपीओमा आवेदन दिने अन्तिम दिन सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा सिटी होटलले आइपीओ निष्कासन गर्न पायो अनुमति सोमबार रातिदेखि वर्षा जारी ‘बौद्धदर्शन र सञ्चार’ अनुसन्धानात्मक कृतिको परिचर्चा कार्यक्रम सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ? अमेरिकी डलरसँगै युरोको भाउ पनि बढ्यो, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ? बुटवलमा यामाहाको एक्स्चेन्ज सुरु राहादानी बिभागले घोडेजात्रामा पनि सेवा दिने