१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

तिलाेत्तमा । रुपन्देहीकाे तिलाेत्तमा नगरलाई शून्य पाेलिथिन र सरसफाई उन्मुख घाेषणा गर्दै कृषि मन्त्री घनश्याम भुसालले याेसँगै राष्ट्रिय अभियान सुरू भएकाे उल्लेख गरेका छन् । शुक्रबार नगरकाे कार्यालय परिसरमा आयाेजित विशेष सभालाई सम्बाेधन गर्दै मन्त्री भुसालले अभियानले अरु धेरै काम गर्नुपर्ने चुनाैती पनि थपिएकाे उल्लेख गरे । विगत २ वर्षकाे प्रयासपछि सिम नेपालसँगकाे सहकार्यमा तिलाेत्तमालाई शून्य पाेलीथिन र पूर्ण सरसफाई उन्मुख नगरपालिका घाेषणा गरिएकाे हाे ।

Advertisement

नगरकाे कार्यप्रति प्रशंसा व्यक्त गर्दै भुसालले सामान्य व्यक्तिकाे नजरमा मूर्ख मानिएकाे काम नगरले फत्ते पारेकाे बताए । ´सुरुमा अभियान बारे सुन्दा मलाई पनि अचम्म लागेकाे थियाे, मुर्खहरुले गर्ने काम सुरू भयाे किनकि याे सम्भब छैन ।`-केही ठट्यउली पारामा बाेल्दै भुसालले नगरकाे अभियान सफल भएकाेमा खुसी व्यक्त गर्दै निरन्तरताका लागि सुझाए । कार्यक्रममा बाेल्दै प्रदेश ५ का उद्याेग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले तिलाेत्तमाका छिमेकी स्थानीय निकायहरुलाई पनि सिकाउदै शून्य पाेलिथिनकाे अभियानलाई राष्ट्रिय अभियानकाे रुपमा अगाडि बढाउनु पर्नेमा जाेड दिए । तिलाेत्तमाले नगरलाई शून्य पाेलिथिन घाेषणा गरेेेेपछि त्यसलाई जाेगाई राख्नका लागि सजग भएर निरन्तरता दिनु पर्ने उल्लेख गरे । अभियान अन्त्य नभई सुरुवात भएकाे हुनाले नगरलाई पूर्ण सरसफाई युक्त र शून्य पाेलिथिन घाेषणा जस्तै अन्य धेरै काम गर्न बाँकी रहेकाे उनले बताए ।

यसैगरी प्रदेश सभा सदस्य दधिराम न्याेपानेले तिलाेत्तमाकाे पाठ अन्य स्थानीय निकायहरुले पनि सिक्न जरुरी रहेकाे उल्लेख गरे । अभियानलाई सफल पार्न र निरन्तरताका लागि सरकारले गरेका निर्णयहरुलाई जनस्तरबाट पनि अनिबार्य पालना गर्न आवश्यक रहेकाे उल्लेख गरे । अभियान सफल भएकाेमा खुसी व्यक्त गर्दै जिल्ला समन्वय समितीका सभापति एकराज विश्वकर्माले अब तिलाेत्तमासँगै जिल्ला भरिनै सकारात्मक साेत र आचरणकाे विकास गर्नुपर्नेमा जाेड दिए । तिलाेत्तमाका मेयर बासुदेव घिमिरेले अभियान सफल पार्नका लागि सहयाेय गर्ने सम्पूर्ण नगरबासी, संघ संस्था तथा सिम नेपाललाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा सिम नेपालका अभियान्ता निपेस ढाका, लक्ष्मी चापागाई, त्रिभुवन विश्व विद्यालयका प्राेफेसर डा. भैया खनाल, क्रिमसन अस्पतालका फिजिसियन डाक्टर कृष्णचन्द्र गाेदार लगायतले बाेलेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

निजी क्लिनिकमा सरकारी चिकित्सकले नाम प्रयोग गर्न नपाउने, मन्त्रालयले जारी गर्यो निर्देशन ह्वाट्सएप लगायत अनलाइनबाट ठगी गर्ने चिनिया नागरिकसहित १९ जनालाई पक्राउ गरी सार्वजनिक रुपन्देहीको तिलोत्तमाबाट मोटरसाइकल चोरी गर्ने २ युवा पक्राउ युट्युब र टिकटकसँग टेलिभिजन डराउने हैन : ओली सत्तागठबन्धनमा मिल्यो भागबन्डा, काँग्रेसलाई ८ मन्त्रालय बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण ६१ वर्षीया महिलामाथि बलात्कार आरोपमा रुपन्देहीका १८ वर्षीय युवासहित २ जना पक्राउ सलह जस्तै अर्थतन्त्रमा अलक्षिन पस्यो : एमाले अध्यक्ष ओली बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रिब्दिकोटको कान्ताश्रममा चैते दशैमा सरायनाच एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने ऋण लिँदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं: केन्द्रीय बैंक चैत्रभित्रै स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला पशुपति मन्दिर परिसरमा पलास्टिक लैजान निषेध टाइगर बनाम पठानमा शाहरुख र सलमानको द्वन्द्व अभिनेत्री शोभितासँग डेटमा नागा साइकलबाट लडेर एकजनाको मृत्यु नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग