१६ चैत्र २०७९, बिहीबार

Mar 30, 2023

काठमाडौँ । चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डो क्वारेन्टाइनमा बसेका छन् । इटालीको युभेन्ट्स क्लबबाट खेल्ने पोर्चुगलका फुटबल खेलाडी रोनाल्डो आफ्नै घरमा क्वारेन्टाइनमा बसेका हुन् । 

युभेन्ट्सका अर्का खेलाडी ड्यानियल रुगानी कोरोना भाइरसबाट संक्रमित भएपछि रोनाल्डो मडेइरास्थित आफ्नै घरमा क्वारेन्टाइनमा बसेका हुन् । रोनाल्डो आमालाई स्ट्रोक भएपछि पोर्चुगल गएका थिए । रुगानी भाइरसबाट संक्रमित भएको थाहा पाएपछि उनी घरमै क्वारेन्टाइनमा बसेका हुन् ।  आइतबार इटालियन लिगको शीर्ष स्थानका लागि भएको खेलमा इन्टर मिलानलाई युभेन्ट्सले २–० ले हराएको थियो । खेल जितेपछि उनीहरुले सँगै खुशी मनाएका थिए । इटालीका स्वास्थ्य निकायले जारी गरेको नियमअनुसार रुगानीसँगै भएका अन्य खेलाडीहरू पनि क्वारेन्टाइनमा बस्नु पर्ने भएका छन् । 

रुगानीले इन्स्टाग्राममा पोस्ट गर्दै आफू ठिक रहेको र उपचार गराइरहेको बताएका छन् । साथै उनले कोरोना भाइरसको प्रकोपलाई कम गर्न सरकारले लागू गरेका नियमको पालना गर्न पनि सबैलाई आग्रह गरेका छन् । भाइरसको कारण इटालीमा अप्रिल ३ सम्मका लागि सम्पूर्ण खेल स्थगित गरिएको छ । 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देहीमा शुक्रबारदेखि ३ दिने बायोपिक चलचित्र कार्यशाला तिनाउमा एमालेको मिसन ग्रासरुट संघर्ष तथा सफलताका कथा लेखन सम्बन्धि अनुशिक्षण कांग्रेसले टुङ्गायो मन्त्रीको नाम (मन्त्रालय र नामावलीसहित) विकास साझेदारहरुसँग बुटवलको विकासबारे छलफल काँग्रेस त्यागेका स्वर्णिम वाग्लेले लिए रास्वपाको सदस्यता, तनहुँ १ को टिकट उनैलाई लुम्बिनी प्रदेश सांसदका स्वकीय सचिवः श्रीमान्, श्रीमती, छोरा, छोरी, भाइ, भतिज ! कांग्रेस छाडेको घोषणा गर्दै स्वर्णिमले भने- कांग्रेस दाइ-भाउजुको अक्षम गिरोहमा परिणत हुने क्रममा छ भैरहवामा तीनदिने फोटो पत्रकारिता तालिम सुरु उपनिर्वाचन : बारा, चितवन र तनहुँका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त भारत भ्रमणमा नेपाली भूमिमाथि दाबेदारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई ओलीको सुझाव सोनालिकाको सिरिज–२ अन्तर्गतका कम्बाईन्ड हार्भेष्टरको विक्री सुरु कोटहीमाईको एघारौं गाउँसभा, चार कार्यविधि अनुमोदन सेयर बजार १०.८७ अंकले ओरालो ६ वर्षपछि फेरि संसार देख्ने भइन् चुम्फा नेपाली लागुऔषधहित ७ जना पक्राउ ज्ञानेन्द्र मल्लसहित पाँच क्रिकेटर सम्मानित (फाेटाे फिचर) कांग्रेसले चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग कांग्रेसको माग कांग्रेसका मन्त्री छान्ने जिम्मा सभापति देउवालाई