७ चैत्र २०७९, मंगलवार

Mar 21, 2023

बुटवल । वित्तिय क्षेत्रमा हुने लगानीले आर्थिक क्रियाकलाप वृद्धि गर्ने प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन् । बिहिवार मेगा बैंक नेपाल लिमिटेडको प्रादेशिक कार्यालय उद्घाटन समारोहमा बोल्दै पोखरेलले बैंकले लगानीकै आधारमा कस्तो सेवा प्रवाह गर्छ र सामर्थ वृद्धि गर्छ, त्यसका आधारमा भविष्यको सम्भावना राम्रो हुने बताए ।

गत वर्ष नेपालको कुल आर्थिक वृद्धिदर ७ दशमलब १ प्रतिशत रहदा प्रदेश ५ को ७ दशमलब ४ प्रतिशत रहनु नै देशैभरको आर्थिक वृद्धिदरमा उच्च रहेको बताए । ‘आर्थिक वृद्धिदरका हिसाबले सबैभन्दा बढी वृद्धिदर रहेको प्रदेश हाम्रो प्रदेश हो, यो प्राप्ती वित्तिय क्षेत्रबाट पनि सम्भव भएको हो’ उनले भने । जनसंख्याको ठुलो हिस्सा बैंकिङ क्षेत्रमा जोडिएको उनले बताए । बैंकिङ कृयाकलापबाट बाहिर रहेका नागरिकलाई कसरी आकर्षण गर्ने भन्ने कुरामा बैंकले वित्तिय साक्षरताको अभियान चलाउनुपर्ने उनले जनाए । यस्ता अभियानमा लगानी गर्न र सहभागि हुन प्रदेश सरकार तयार रहेको उनले बताए । कुनैपनि क्रियाकलाप अघि बढाउन आवश्यक पर्ने पुर्वाधार विकासका लागि प्रदेश सरकार अघि बढेको पोख्रेलले बताए । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि पर्यटन, उद्योगको विकासमा तिब्रता आउने र यसर्लेै वित्तिय कारोबार बढाउने दाबी गरे । उनले प्रदेशका विभिन्न सडक निर्माण र स्तरोन्नतीबाट समेत आर्थिक कारोबार बढाउने बताए ।

बुटवलको मिलनचोकमा स्थापित प्रादेशिक कार्यालय मार्फत बैंकले बिहिवारबाट सेवा सुरु गरेको बैंकका अध्यक्ष भोजबहादुर शाहले बताए । यो पहिलो प्रादेशिक कार्यालय हो, उनले भने, ६३ जिल्लामा शाखा विस्तार भएको छ । वाणिज्यतर्फ छैठौं स्थानमा रहेको मेगा बैंकमा ३ हजार प्रोमोटर छन् । बैंकले देशभरि १ सय ११ शाखाबाट वित्तिय सेवा प्रदान गरिरहेको छ । वैशाखभित्रमा गण्डकी विकास बैंक मेगामै गाभिएपछि मेगाको पुंजी १ अर्ब भन्दा बढी पुग्ने शाहले बताए । गण्डकी आएपछि बैंकका शाखा २ सय ९ पुग्नेछन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको चन्द्रकोट गाउँपालिकाले सोमपाल कामीलाई ५० हजार पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डविरुद्ध नारावाजी सालकको खपेटासहित गोंगबुबाट एक पक्राउ उँखुजन्य उत्पादनलाई व्यवस्थित गर्न सहकारी गठन दलित समुदायको हकअधिकारका लागि सिङ्गो राज्य जिम्मेवार छ : प्रधानमन्त्री प्रचण्ड जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ : अध्यक्ष ओली बर्दिवास मेडिकल कलेज नबन्दै झमेलामा संकिणता र जडता नै नेपालको ओरालो यात्रा ! प्रधानमन्त्री प्रचण्डले गरे सडकको शिलान्यास गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ :राष्ट्रपति पौडेल सरकारमा जान एकीकृत समाजवादीद्वारा कार्यदल गठन दोल्ती पावरको आइपीओमा आवेदन दिने अन्तिम दिन सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा सिटी होटलले आइपीओ निष्कासन गर्न पायो अनुमति सोमबार रातिदेखि वर्षा जारी ‘बौद्धदर्शन र सञ्चार’ अनुसन्धानात्मक कृतिको परिचर्चा कार्यक्रम सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ? अमेरिकी डलरसँगै युरोको भाउ पनि बढ्यो, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ? बुटवलमा यामाहाको एक्स्चेन्ज सुरु राहादानी बिभागले घोडेजात्रामा पनि सेवा दिने