१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

गुल्मी । विश्वव्यापी रुपमा फैलिरहेको नावेल कोरोना भाईरसबाट हुनसक्ने महामारीलाई मध्य नजर राखेर गुल्मीमा सचेतना स्वरुप जनचेतना तथा हस्ताक्षर गरिएको छ । लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले लोक दोहोरी दिवसको अवसर पारेर नोवेल कोरोना भाईरसबाट सचेत रहन हस्ताक्षर अभियान गरेको हो ।

प्रतिष्ठान गुल्मीले जिल्लाको सदरमुकाम तम्घासको लाकुरी मञ्चमा नोवेल कोरोना भाईरसबाट कसरी जोगिने के के गर्ने जस्ता सचेतना सन्देशहरु सहित हस्ताक्षर कार्यक्रम राखिएको प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष जनक पन्थले बताए । आम नागरिकलाई यसबारे सचेत रहन र सचेत छु भन्ने प्रतिबद्ध बनाउनको लागि सचेतना स्वरुप हस्ताक्षर र सचेतना कार्यक्रम गरिएको पन्थको भनाई छ । सचेतना कार्यक्रममा जिल्लाका आम सर्बसाधारणहरुले कोरोना भाईरसबाट कसरी जोगिने भन्ने बारे सचेत छु भनेर हस्ताक्षर गरेका थिए ।

विश्व व्यापी रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमणको जोखिम बढने भएकाले यसबाट जोगिन सबैलाई सचेत बनाउने कार्यक्रम राखिएको लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले जनाएको छ । जिल्लाका विद्यालयहरुमा पनि कोरोना भाइरस र यसबाट जोगिने बारे जानकारी मुलक कार्यक्रमहरु गरिदै आएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै भारत पुगेर उपचार गराइरहेका क्यान्सर पीडित राईलाई १७ लाख जुट्यो माेटरसाइकल दुर्घटनामा २ जनाकाे मृत्यु जितगढीदेखि सुरु भयो ‘राइड टु रानीमहल सिजन-३’ ६ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै अब स्थानीय पालिकाबाटै पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको आवेदन कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदै प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनल आज, नेपाल र लाओस भिड्दै