१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

बुटवल । प्रदेश ५ का मूख्यमन्त्री शंकर पोखरेलले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमण रोक्नका लागि भारतीय सार्वजनिक यातायातका साधनलाई नेपाल प्रवेशमा रोक लगाउन निर्देशन दिएका छन् । महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण भारतमा समेत देखा परेपछि प्रदेश पाँच उच्च जोखिममा पर्नेहुँदा नेपालका सार्वजनिक सवारीका साधन भारत प्रवेश नगर्न र भारतीय सवारीका साधानलाई नेपाल प्रवेशमा रोक लगाउन निर्देशन दिएका हुन् ।

Advertisement

भारतीय सिमानाकासँग जोडिएको मुलुककै दोस्रो ठूलो नाका रुपन्देहीको वेलहियाबाट संक्रमण नेपाल छिर्नसक्ने भएपछि सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ । भारतीय सिमा नाकाहुँदै आउने तेस्रो मुलुकका नागरिकहरुलाई समेत नेपाल प्रवेशमा रोक लगाउन निर्देशन दिए ।मूख्यमन्त्री पोखरेलले नेपाल छिर्नेहरु के उद्देश्यले आएका हुन् एकिन गर्न र सकेसम्म घुम्ने हिसाबले आउनेहरुलाई रोक लगाउन उनले आग्रह गरे । संक्रमण रोक्न पूर्व तयारीका लागि विहिबार बसेको मन्त्रीपरिषद बैठकमा मूख्यमन्त्री पोखरेलले आवश्यक सबै तयारी थाल्न सामाजिक विकास मन्त्रालय तथा सो अन्तरगत पर्ने स्वास्थ्य निर्देशनालय तथा सुरक्षाकर्मीहरुलाई निर्देशन दिएका हुन् ।कोरोना संक्रमण रोक्नका लागि सामाजिक विकास मन्त्रालयले हालम्म गरेका क्रियाकलाप तथा निर्णयहरु जानकारी गराउँदै मन्त्री सुदर्शन बरालले नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण भने देखा नपरिसकेको जानकारी गराए । प्रदेश अन्तर्गत पर्ने प्रादेशिक स्तरीय ४ वटा सकारी तथा ४ वटा मेडिकल कलेज र प्रदेशका १२ वटै जिल्ला अस्पतालहरुसँग आवश्यक परेको खण्डमा बेड खाली गराई संक्रमितलाई राख्न सक्ने गरी तयारी गरिएको बताए । स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद कुमार गिरीले भैरहवा विमान स्थलमा नियमित स्वास्थ्य परिक्षणको काम भैरहेको जानकारी गराउँदै २४ सै घण्टा स्वास्थ्य परिक्षणका लागि स्वास्थ्यकर्मीको अभाव भएको जानकारी गराए ।

कोरोना संक्रमण भए नभएको जाँच्नका लागि प्रदेशका विभिन्न नाका तथा विमास्थलमा डेस्क निर्माण गरिए पनि नमूना परिक्षणका लागि भने काठमाण्डौ नै पठाउनु पर्ने अवस्था छ । संक्रमण भएको आसंका गरिएका व्यक्ति फेला परेको अवस्थामा उपचारका लागि छुट्टै क्वारेन्टाइनको स्थापना गर्न र नमूना परिक्षणका लागि सजिलो र भरपर्दो विकल्प खोज्नका लागि मूख्यमन्त्री पोखरेलले सम्बन्धित निकायहरुलाई निर्देशन जारी गरेका छन् । मूख्य मन्त्री पोखरेलले विहिबार नै प्रदेश सभालाई विशेष सम्बोधन गर्दै संक्रमणबाट बच्नका लागि विशेष सजगता अपनाउन सबैलाई आग्रह गरेका छन् । रोग नेपाल आउन नदिनका लागि सरकारले जारी गरेका स्वास्थ्य सम्बन्धि निर्देशनहरुलाई सबै प्रदेश बासीहरुले अनिवार्य पालना गर्न उनले जोड दिए । कोरोनाबाट बच्न हात नमिलाउने, सभा समारोह तथा भिडभाडमा नजान र कुनै पनि चिज छोइसकेपछि हात धुनका लागि उनले आग्रह गरे ।

कोरोनाका बारेमा बास्तविक असरभन्दा बढी मानसिक असर पर्नसक्ने तर्फसमेत सजग रहनका लागि उनले आग्रह गरेका छन् । कोरोना बारे वास्तविकता के हो भन्ने कुराको जानकारी गराउनका लागि सञ्चारमाध्यमहरुले समेत सकारात्मक भूमिका निर्वाह गर्न मूख्यमन्त्रीको आग्रह छ । विश्वा स्वास्थ्य संघगठन ९डब्ल्यूएचओ०का अनुसार कोरोना विश्वव्यापी महामारीको रुपमा फैलिरहेको छ । सबैभन्दा पहिले कोरोनाको संक्रमण देखापरेको चिनमा संक्रमणको दर घटे पनि अन्य देशहरुमा तिब्ररुपले फैलिएपछि नेपालमा पनि सजगता अपनाउनु पर्ने अवस्था आएको हो ।

प्रतिकृया दिनुहोस्

Flash News

निजी क्लिनिकमा सरकारी चिकित्सकले नाम प्रयोग गर्न नपाउने, मन्त्रालयले जारी गर्यो निर्देशन ह्वाट्सएप लगायत अनलाइनबाट ठगी गर्ने चिनिया नागरिकसहित १९ जनालाई पक्राउ गरी सार्वजनिक रुपन्देहीको तिलोत्तमाबाट मोटरसाइकल चोरी गर्ने २ युवा पक्राउ युट्युब र टिकटकसँग टेलिभिजन डराउने हैन : ओली सत्तागठबन्धनमा मिल्यो भागबन्डा, काँग्रेसलाई ८ मन्त्रालय बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण ६१ वर्षीया महिलामाथि बलात्कार आरोपमा रुपन्देहीका १८ वर्षीय युवासहित २ जना पक्राउ सलह जस्तै अर्थतन्त्रमा अलक्षिन पस्यो : एमाले अध्यक्ष ओली बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रिब्दिकोटको कान्ताश्रममा चैते दशैमा सरायनाच एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने ऋण लिँदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं: केन्द्रीय बैंक चैत्रभित्रै स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला पशुपति मन्दिर परिसरमा पलास्टिक लैजान निषेध टाइगर बनाम पठानमा शाहरुख र सलमानको द्वन्द्व अभिनेत्री शोभितासँग डेटमा नागा साइकलबाट लडेर एकजनाको मृत्यु नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग