१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका नेपालमै पहिलो शुन्य पोलिथिन र पूर्ण सरसफाईयूक्त स्थानीय तहका रुपमा घोषणा हुने भएको छ । विगत ८ महिनादेखि नगरपालिका र सिम नेपालको सहकार्यमा नगर क्षेत्रको १ सय २६ वर्गकिलोमिटर भू–भागबाट १२ हजार क्विन्टल फोहर जन्य पोलिथिन संकलन गरि व्यवस्थित गरेपछि शुक्रबार नगरलाई शून्य पोलिथिन तथा पूर्ण सरसफाईयूक्त नगर घोषणा गरिने भएको हो । २ वर्ष देखि सरसफाईको क्षेत्रमा निरन्तर लागेर नगरपालिकालाई शून्य पोलिथिन र पूर्ण सरसफाइयूक्त स्थानीय तहका रुपमा घोषणा गर्न सक्ने अवस्थामा पुराएको नगर प्रमुख बासुदेव घिमिरेले बताए ।

Advertisement

नगरपालिकालाई यो अभियानमा सफल बनाउन १ सय ८९ वटा टोल संस्था, नगरका ८५ वटा सामुदायिक र संस्थागत विद्यालय, स्थानीय क्लब, सामाजिक संघ संस्था, जनप्रतिनिधी तथा सिम नेपालका कर्मचारी गरि १ लाख जनाको जन सहभागिताले काम गरेको नगरप्रमुख घिमिरेले जानकारी गराए । शून्य पोलिथिन तिलोत्तमा नगर घोषणा सभा बारे जानकारी गराउन विहिवार आयोजित पत्रकार सम्मेललनमा नगर प्रमुख घिमिरेले एक विशेष समारोहका बीच कृषि, पशुपन्छी तथा सहकारी मन्त्री घनश्याम भुसालले नगरलाई शून्य पोलिथिन र पूर्ण सरसफाईयूक्त स्थानीय तहका रुपमा घोषणा गर्ने कार्यक्रम रहेको बताए । घोषणासँगै नगर क्षेत्रमा अब खुल्ला रुपमा यत्रतत्र र छरफष्ट देखिने गरि पोलिथिन फ्याकिएको देख्न पाईने छैन ।

सभ्य नगरपालिकाको रुपमा स्थापित भएको संकेत पनि यो अयिानले दिएको छ । यो अभियानले कृषिको उत्पादनमा वृद्धि, डेंगु रोगको नियन्त्रणमा टेवा पुगेको र वातावरणिय हिसाबले पनि नगरलाई सरसफाईयूक्त नगर बनाउन महत्वपूर्ण टेवा पुगेको मेयर घिमिरेले बताए । नगरवासिमा पोलिथिनको प्रयोग गर्नु हुँदैन भन्ने आनीवानीमा परिवर्तन गर्न सक्नु नै राम्रो उपलब्धी भएको र यस्ता कार्यक्रमलाई मुलुक भरी लागु गर्नेतर्फ जोड दिनु पर्नेमा सिम नेपालका अभियान्ता निपेस अधिकारी ढाकाले बताए । चुनौतिपूर्ण अभियानमा सफल भएको र यसलाई नियमित अनुगमन गरि व्यवहारमा सदासदाका लागि कार्यान्वय गराउन नगरपालिकालाई जिम्मेवारी थपिएको समेत उनले बताए ।

जनश्रमदान र नगरपालिकाको लगानी गरि करोडौको लागतमा यो अभियान सफल बनाउन सकिएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रींले बताए । नगरपालिकाले नगरमा संकलन हुने फोहरजन्य पदार्थलाई नगरभित्रै संचालित वास सहकारी मार्फत व्यवस्थापनको जिम्मेवारी प्रदान गरेको छ । यद्यपी नगरपालिकाले यसको अनुगमन भने नियमित रुपमा आफैले गर्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

निजी क्लिनिकमा सरकारी चिकित्सकले नाम प्रयोग गर्न नपाउने, मन्त्रालयले जारी गर्यो निर्देशन ह्वाट्सएप लगायत अनलाइनबाट ठगी गर्ने चिनिया नागरिकसहित १९ जनालाई पक्राउ गरी सार्वजनिक रुपन्देहीको तिलोत्तमाबाट मोटरसाइकल चोरी गर्ने २ युवा पक्राउ युट्युब र टिकटकसँग टेलिभिजन डराउने हैन : ओली सत्तागठबन्धनमा मिल्यो भागबन्डा, काँग्रेसलाई ८ मन्त्रालय बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण ६१ वर्षीया महिलामाथि बलात्कार आरोपमा रुपन्देहीका १८ वर्षीय युवासहित २ जना पक्राउ सलह जस्तै अर्थतन्त्रमा अलक्षिन पस्यो : एमाले अध्यक्ष ओली बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रिब्दिकोटको कान्ताश्रममा चैते दशैमा सरायनाच एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने ऋण लिँदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं: केन्द्रीय बैंक चैत्रभित्रै स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला पशुपति मन्दिर परिसरमा पलास्टिक लैजान निषेध टाइगर बनाम पठानमा शाहरुख र सलमानको द्वन्द्व अभिनेत्री शोभितासँग डेटमा नागा साइकलबाट लडेर एकजनाको मृत्यु नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग