१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

लमजुङ । जलविद्युतको ‘हव’ बन्दै गरेको लमजुङ जिल्लाबाट राष्ट्रिय प्रसारण लाइनमा आगामी चैत महिनाबाट २५ मेगावाट बिजुली थपिन लागेको छ । दोर्दी गाउँपालिकामा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजना निर्माण सकिने भएसँगै यस आयोजनाबाट २५ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिने भएको हो ।

Advertisement

०७१ असोजबाट निर्माण थालिएको सो आयोजना आगामी चैत्र मसान्तसम्म व्यावसायिक विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम तीव्र भइरहेको प्रवर्धक राजेन्द्र वस्तीले बताए । लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रवर्धित लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन आयोजनाको निर्माण हालसम्म ९७ प्रतिशत सम्पन्न भइसकेको उनको भनाइ छ । उनका अनुसार बाँध क्षेत्र निर्माण, विद्युतगृह, इलेक्ट्रोमेकानिकल लगायतको काम केही प्रतिशत मात्र गर्न बाँकी रहेको छ । यहाँ विद्युतगृहमा उपकरण जडान गर्ने, सिभिल निर्माण गर्ने काम बाँकी रहेको आयोजनाले जनाएको छ ।

०७४ मै निर्माण सम्पन्न गर्ने लक्ष्य लिइए पनि विनाशकारी भूकम्पपछिको अघोषित नाकाबन्दी र गत भदौमा आएको बाढीका कारण निर्माण निर्धारित समयमा सम्पन्न हुन नसकेको आयोजनाले जनाएको छ । “सम्झौता अनुसार अब यस आयोजनाको निर्माण सम्पन्न गर्नुपर्ने समय आगामी चैत ३० गतेसम्म रहेको छ, यस मितिभित्रै आयोजनाबाट बिजुली उत्पादन शुरु हुन्छ”, वस्तीले बताए ।यसरी आयोजनाको काम बढ्दा लागत पनि ६७ करोड ६० लाखभन्दा बढी लाग्ने अनुमान आयोजनाको रहेको छ । तीन अर्ब ९६ करोड लगानीमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि बढेर हाल चार अर्ब ६३ करोड ६० लाख लाग्ने आयोजनाले जनाएको छ ।

आयोजनाको लागत प्रतिमेगावाट १८ करोड ५४ लाख लाग्ने कम्पनीको अनुमान छ । आयोजनाबाट वार्षिक १३ करोड ६७ लाख ८४ हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ । आयोजनाको बाँधस्थल लोदो खोलाबाट दुई हजार सात सय मिटर लामो भूमिगत सुरुङ र दुई हजार सात सय मिटर लामो पेनस्टक पाइपमार्फत दोर्दी खोलाको पानीलाई विद्युत्गृहमा झारिने बताइएको छ । यस आयोजनामा १२ दशमलव पाँचका दुई गरी २५ मेगावाटको बिजुली उत्पादन हुने भएको छ।

प्रतिकृया दिनुहोस्

Flash News

उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै भारत पुगेर उपचार गराइरहेका क्यान्सर पीडित राईलाई १७ लाख जुट्यो माेटरसाइकल दुर्घटनामा २ जनाकाे मृत्यु जितगढीदेखि सुरु भयो ‘राइड टु रानीमहल सिजन-३’ ६ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै अब स्थानीय पालिकाबाटै पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको आवेदन कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदै प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनल आज, नेपाल र लाओस भिड्दै आजदेखि इण्डियन प्रिमियर लिग ‘आईपीएल’