ताजा अपडेट »

विवाह मण्डपबाटै दुलाह र दुलहीका बाबु पक्राउ

विहीबार, २९ फागुन २०७६, ०७ : ५३
12 Shares

तुलसीपुर । विवाहको पहिलो दिन नै दुलाहा जेलमा भन्दा सबैलाई आश्चर्य लाग्छ सक्छ । तर दाङ्गमा दुलही लिनका लागि वाजागाजाका साथमा गएका घोराही उपमहानगरपालिका वडा नम्वर १३ का एक व्यक्ति विहेकै दिन प्रहरी खोरमा परेका छन् ।

घोराही उपमहानगरपालिका वडा नम्वर १४ को ढोडेनीमा दुलही लिनका लागि बाजागाजाका साथमा गएका ३० वर्षिय कृष्णबहादुर केसीलाई बालिकासँग विवाह गर्न लागेको भन्दै प्रहरीले पक्राउ गरेको हो । बालविवाह हुन लागेको भन्ने खवरका आधारमा आएको प्रहरीले उनलाई मण्डपबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङ्गका प्रवक्ता सुमित खड्काले जानकारी दिए । १८ वर्षिय बालिकालाई विवाह गर्न लागेको भन्दै उनलाई पक्राउ गरिएको थियो । दुलाहाका साथमा घोराही उपमहानगरपालिका १४ ढोरेनी निवासी दुलहीका वुवा ४६ बर्षका बसन्त भण्डारीलाई पनि पक्राउ गरेको जनाइएको छ । पक्राउ परेका दुलाहा र दुलहीका वावु विरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा १७३ वमोजिम बाल विवाह गर्न नहुने कसुरमा मुद्दा चलाएको पनि प्रवक्ता खड्काले जानकारी दिए ।

दुलहीलाई भने आमाको जिम्मा लगाइएको छ । नेपालको मुलुकी संहितामा २० बर्ष नपुगी विवाह गर्न नपाईने कानुनी व्यवस्था छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।