१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

बुटवल । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) को प्रकोपले विश्वव्यापी महामारीको रुप लिएको बताएको छ । बुधबार डब्ल्यूएचओको प्रधान कार्यालय जेनेभामा भएको पत्रकार सम्मेलनमा सङ्गठनका महानिर्देशक डा. टेड्रोस अड्रानोम गब्रराइससले कोरोना भाइरसले विश्वव्यापी रुपमा निम्ताएको प्रकोपलाई महामारी भन्न सकिने बताएका हुन् । महानिर्देशक गब्रराइससले अहिले विश्वमा देखिएको गम्भीर प्रकोपबाट आफूहरु चिन्तित भएको बताए ।

Advertisement

उनले महामारी शब्दले मानिसमा डर उत्पन्न गराउने भएकोले जहाँ पायो त्यही प्रयोग गर्न नहुने भन्दै कोरोनाको सङ्क्रमणले भने महामारीको रुप लिएको डब्ल्यूएचओले मूल्याङ्कन गरेको बताए । विश्वमा यस किसिमको महामारी पहिलोपटक देखिएको भन्दै उनले यो कोरोना भाइरसले नै सिर्जना गरेको जानकारी दिए । चीनको वुहानबाट तीन महिनाअघि सुरु भएको कोरोना भाइरसको सङ्क्रमण अहिले विश्वका एक सय २३ देशमा फैलिएको छ । एक लाख २६ हजार एक सय ४१ जनामा सङ्क्रमण भइसकेको कोरोना भाइरसका कारण चार हजार ६ सय २७ जनाले ज्यान गुमाएका छन् ।

६८ हजार दुई सय ४० जना उपचारपछि घर फर्किएका छन् । ५३ हजार दुई सय ७४ जना अहिले विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् भने तीमध्ये पाँच हजार ९ सय ३८ जना सिकिस्त रहेका छन् । पछिल्लो २४ घण्टामा मात्र तीन सय ३१ जनाले ज्यान गुमाएका छन् भने सात हजार एक सय ९३ जना नयाँ बिरामी भेटिएका छन् । चीनमा सङ्क्रमण र ज्यान गुमाउनेको सङ्ख्या घटिरहेको भए पनि अन्य देशमा फैलने क्रम तीव्र बनेको छ । इटली, इरान, दक्षिण कोरिया, फ्रान्स, स्पेन, जर्मरी, अमेरिकालगायतका देशमा कोरोनाको सङ्क्रमण फैलने र ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ ।

यसैबीच इटलीमा खाद्यान्न भण्डार र औषधि पसल बाहेक सबै व्यवसाय बन्द गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण यात्रामा देशव्यापी प्रतिबन्ध लगाएको इटलीले थप प्रतिबन्धको घोषणा गर्दै खाद्यान्न र औषधि पसल बाहेकका सबै व्यवसायमा रोक लगाएको बीबीसीले जनाएको छ । यसलाई युरोपमा अहिलेसम्मको सबैभन्दा कडा प्रतिबन्ध भनिएको छ । घरमै सामान पुर्‍याउने सेवालाई भने अनुमति दिइएको छ । प्रधानमन्त्री जुसेफ कोन्टेले इटलीमा भाइरसको नयाँ सङ्क्रमण र ज्यान गुमाउनेको सङ्ख्या बढिरहेकाले थप कडाइ गरिएको बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै भारत पुगेर उपचार गराइरहेका क्यान्सर पीडित राईलाई १७ लाख जुट्यो माेटरसाइकल दुर्घटनामा २ जनाकाे मृत्यु जितगढीदेखि सुरु भयो ‘राइड टु रानीमहल सिजन-३’ ६ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै अब स्थानीय पालिकाबाटै पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको आवेदन कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदै प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनल आज, नेपाल र लाओस भिड्दै आजदेखि इण्डियन प्रिमियर लिग ‘आईपीएल’