ताजा अपडेट »

शंकरनगर खानेपानी संस्थामा बिधान बिपरीत अधिबेशन गर्न लागेको भन्दै बिरोध प्रदर्शन

बुधबार, २८ फागुन २०७६, १६ : २१
68 Shares
बुधबार, २८ फागुन २०७६
68 Shares

फागुन । राष्ट्रिय जनमुक्ति पार्टीले रुपन्देहीको योगिकुटी स्थित शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको कार्यालय अगाडी बिरोध प्रदर्शन गरेको छ । शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले विधान विपरीत अधिवेशन गर्न लागेको भन्दै राष्ट्रिय जनमुक्ति पार्टी तिलोत्तमा नगर समितिले बुधबार बिरोध प्रदर्शन गरेको हो ।

खानेपानी संस्थाको छैंठौं अधिवेशनकालागि कार्यसमितिलेनै निर्वाचन मण्डल गठन गर्नुपर्ने बिधानको व्यवस्था विपरीत निर्वाचन मण्डल गठन गर्ने जिम्मेवारी नेकपा र नेपाली कांग्रेसलाई दिने निर्णय गरेको भन्दै सो पार्टीले त्यसप्रति आपत्ति जनाएको छ। राष्ट्रिय जनमुक्ति पार्टी आन्दोलन परिचालन समिति तिलोत्तमाका संयोजक शंकर गाहाको अध्यक्षतामा भएको बिरोध प्रदर्शनमा पार्टीका संघीय परिषद सदस्य गिता सारु, प्रदेश समितिका उपाध्यक्ष हरीओम बिक, पार्टीका तिलोत्तमा नगर समितिका सल्लाहकार राजु राना लगायतले बोल्दै बिधान विपरितको निर्णय नसच्याए पार्टीले आन्दोलनलाई थप चर्काउने चेतावनी दिएका थिए ।

बिधान विपरीत अधिवेशन गर्न लागेको बिरोधमा पार्टीले यस अघि यही फागुन १२ गते नै संस्थालाई निर्णय सच्याउन माग गर्दै ज्ञापन पत्र बुझाए पनि पार्टीले राखेका मागप्रति बेवास्ता गरेको बिरोध प्रदर्शनमा उत्रिन बाध्य भएको संयोजक गाहाले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।