१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

बुटवल । सर्पदंश तथा स्वास्थ्य उपचार केन्द्र रुपन्देहीको सैनामैनामा पनि सञ्चालनमा आएको छ । नगरको वडा नं. ११ पिपलडाँडामा रहेको करिब १४ कठ्ठा जग्गामा एक करोड भन्दा बढी लागतमा उक्त उपचार केन्द्र सञ्चालनमा आएको हो ।

Advertisement

सर्पदंश उपचार केन्द्र निर्माणका लागि २०७२ मा आयोजना गरिएको श्रीमद् भागवत महायज्ञबाट ६९ लाख बचत भएको थियो । भवन निर्माणका लागि नगरपालिकाले २९ लाख ५५ हजार, स्थानीय नरिश्वर पाण्डेले ३ लाख, कञ्चन गाउँपालिकाले ९८ हजार, गैडहवा गाउँपालिकाले १ लाख र भू.पू सैनिक सालझण्डीले ५५ हजार सहयोग तथा स्थानीयबासीहरुको चन्दा रकमबाट भवन निर्माण गरिएको निर्माण समितिका सचिब नेत्र प्रसाद घिमिरेले जानकारी दिए । उपचार केन्द्रको उद्घाटन गर्दै सैनामैना नगरपालिका मेयर चित्र बहादुर कार्कीले रुपन्देही, कपिलवस्तु,अर्घाखाँची, पाल्पासम्मका नागरिर्क लाभान्वित हुने भन्दै जनताको आवश्यकतालाई बुझेर कसैको पनि सर्पको डसार्ईबाट अकालमै ज्यान नजाओस भनेर सर्पदंशको उपचार केन्द्र स्थापना गरिएको बताए ।

कार्यक्रममा कञ्चन गाउँपालिका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रि, सैनामैना नगरपालिका वडा नंं. ११ का अध्यक्ष सुनिल मरासिनी, सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, समाजसेवि इन्द्र बहादुर जि.सि लगायतले कार्यक्रममा बोलेका थिए । कार्यक्रममा केन्द्रका व्यवस्थापन समिति अध्यक्ष मिनप्रसाद घिमिरेले भवन निर्माण प्रतिवदेन तथा लेखा सह–सयोजक कृष्ण प्रसाद घिमिरेल आन्तरिक लेखा प्रतिवदेन पेश गरेका थिए । सैनामैना नगरपालिकाको मातहतमा सञ्चालन हुने केन्द्रमा सर्पदंशका विरामीको उपचार गर्न नेपाली सेनाको सहकार्यमा सेनाको तर्फबाट एकजना र संघीय स्वास्थ्य मन्त्रालयबाट एकजना गरी दुईजना विशेषज्ञ चिकित्सक उपचार केन्द्रमा रहनेछन् ।

केन्द्रको भवन निर्माणमा नेपाली सेनाको कालिदत्त गुल्मका सैनिकले श्रमदान गरेका थिए । २०७५ फागुनमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएपनि एक वर्ष ढिला गरी उपचार केन्द्र निर्माण सम्पन्न भएको हो ।

प्रतिकृया दिनुहोस्

Flash News

निजी क्लिनिकमा सरकारी चिकित्सकले नाम प्रयोग गर्न नपाउने, मन्त्रालयले जारी गर्यो निर्देशन ह्वाट्सएप लगायत अनलाइनबाट ठगी गर्ने चिनिया नागरिकसहित १९ जनालाई पक्राउ गरी सार्वजनिक रुपन्देहीको तिलोत्तमाबाट मोटरसाइकल चोरी गर्ने २ युवा पक्राउ युट्युब र टिकटकसँग टेलिभिजन डराउने हैन : ओली सत्तागठबन्धनमा मिल्यो भागबन्डा, काँग्रेसलाई ८ मन्त्रालय बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण ६१ वर्षीया महिलामाथि बलात्कार आरोपमा रुपन्देहीका १८ वर्षीय युवासहित २ जना पक्राउ सलह जस्तै अर्थतन्त्रमा अलक्षिन पस्यो : एमाले अध्यक्ष ओली बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रिब्दिकोटको कान्ताश्रममा चैते दशैमा सरायनाच एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने ऋण लिँदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं: केन्द्रीय बैंक चैत्रभित्रै स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला पशुपति मन्दिर परिसरमा पलास्टिक लैजान निषेध टाइगर बनाम पठानमा शाहरुख र सलमानको द्वन्द्व अभिनेत्री शोभितासँग डेटमा नागा साइकलबाट लडेर एकजनाको मृत्यु नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग