१६ चैत्र २०७९, बिहीबार

Mar 30, 2023

बुटवल । प्रदेश ५ को राजधानी र नामाकरण सर्वसहमतिमा टुङ्गो लाग्ने आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले बताएका छन् । उनले राजधानी र केन्द्र तोक्ने जस्तो विषयमा हतार गर्न नहुने भन्दै पाको र गहन ढंगले अध्ययन गरी घोषणा गर्ने तयारीमा रहेको बताए ।

Advertisement

रिपोर्टर्स क्लव नेपाल प्रदेश ५ ले बुधवार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री केसीले प्रदेश राजधानीका लागि तीन वटा क्षेत्र दावेदारीमा आएको भए पनि सबैलाई पायक पर्ने गरी निर्णय हुने बताए । ‘राप्ति अञ्चलको राजधानी तुलसीपुर, लुम्बिनी अञ्चलको राजधानी बुटवल र भेरी अञ्चलको राजधानी नेपालगन्ज जस्ता क्षेत्रहरुले दावेदारी पेश गरेका छन् । हामी सवैलाई न्याय ह’ने गरी नै राजधानी निर्धारण गर्दछौँ ।’- उनले भने । साक्षात्कारमा बोल्दै प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले बुटवल राजनीतिक क्षेत्रमात्र नभई इतिहाससँग जोडिएको क्षेत्र भएकाले बृहत्तर बुटवलमा नै राजधानी बन्ने बताए । ‘भर्जिन स्थानको खोजी हुदैछ, जुन रुपन्देहीको विकल्प हुन सक्दैन । त्यस्तो स्थान कनेक्टीभिटी नभएको, एयरपोर्ट नभएको वा पूर्वाधार विहिन स्थान हुन सक्दैन् । नयाँ स्थानमा बनाउँदा ५० बर्ष लाग्न सक्छ । त्यसले समय मात्र होइन स्रोत समेतमा बाधा ल्याउँछ ।’-उनले भने ।

साक्षत्कारमा बोल्दै प्रदेश सभा सदस्य फकरुद्धिन खाँनले राजधानी र नामाकरणले प्रदेशको कार्यसम्पादनमाथि नै प्रश्न चिन्न उठेको बताए । कार्यकाल अवधि मै प्रस्ताव नआउने पो हो की भन्ने आशंका पैदा भएको छ, उनले भने- प्रदेशको आधारभुत काम भने कै प्रदेशको राजधानी र नामाकरण हो, त्यही नै दुई वर्षसम्म भएन । यसमा सरकारको सक्षमता कति भन्ने प्रष्ट भएको छ ।’ उनले बुटवलमा कर्मचारी आउन एक वर्ष लाग्यो अव अन्यत्र लैजाँदा कर्मचारी जान तयार हुन्छन् वा हुदैन् ? प्रश्न गर्दै बुटवल क्षेत्र नै उपयुक्त हुने ठोकुवा गरे ।

त्यस्तै समाजवादी पार्टीका संसदीय दलका प्रमुख सचेतक सन्तोष पाण्डे संघीय स्तरका नेताहरुबाट प्रदेशको राजधानी र नामाकरणका सन्दर्भमा निर्देशन दिनु गलत भएको बताए । उनले राजधानीको विषय प्रदेशसभा सदस्यहरुको अधिकार क्षेत्र भएकाले पार्टीको ह्यीप लगाउनु उपयुक्त नहुने धारणा राखे । भर्जिन ल्यान्डका नाममा बन्जर क्षेत्रमा राजधानी बनाउन नहुने उनको तर्क छ । साक्षात्कार, क्लवका प्रदेश प्रमुख रामु’मार क्षेत्रीको अध्यक्षतामा भएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देहीमा शुक्रबारदेखि ३ दिने बायोपिक चलचित्र कार्यशाला तिनाउमा एमालेको मिसन ग्रासरुट संघर्ष तथा सफलताका कथा लेखन सम्बन्धि अनुशिक्षण कांग्रेसले टुङ्गायो मन्त्रीको नाम (मन्त्रालय र नामावलीसहित) विकास साझेदारहरुसँग बुटवलको विकासबारे छलफल काँग्रेस त्यागेका स्वर्णिम वाग्लेले लिए रास्वपाको सदस्यता, तनहुँ १ को टिकट उनैलाई लुम्बिनी प्रदेश सांसदका स्वकीय सचिवः श्रीमान्, श्रीमती, छोरा, छोरी, भाइ, भतिज ! कांग्रेस छाडेको घोषणा गर्दै स्वर्णिमले भने- कांग्रेस दाइ-भाउजुको अक्षम गिरोहमा परिणत हुने क्रममा छ भैरहवामा तीनदिने फोटो पत्रकारिता तालिम सुरु उपनिर्वाचन : बारा, चितवन र तनहुँका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त भारत भ्रमणमा नेपाली भूमिमाथि दाबेदारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई ओलीको सुझाव सोनालिकाको सिरिज–२ अन्तर्गतका कम्बाईन्ड हार्भेष्टरको विक्री सुरु कोटहीमाईको एघारौं गाउँसभा, चार कार्यविधि अनुमोदन सेयर बजार १०.८७ अंकले ओरालो ६ वर्षपछि फेरि संसार देख्ने भइन् चुम्फा नेपाली लागुऔषधहित ७ जना पक्राउ ज्ञानेन्द्र मल्लसहित पाँच क्रिकेटर सम्मानित (फाेटाे फिचर) कांग्रेसले चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग कांग्रेसको माग कांग्रेसका मन्त्री छान्ने जिम्मा सभापति देउवालाई