७ चैत्र २०७९, मंगलवार

Mar 21, 2023

बाँके। नेपालगन्ज-कोहलपुर सडकखण्डको पिपरीमा टिपरको ठक्करबाट एक महिलाको ज्यान गएको छ । नेपालगन्जदेखि कोहलपुरतर्फ जाँदै गरेको रा१ख २१८८ नम्बरको टिपरले ठक्कर दिँदा कोहलपुर ९ झण्डहवाका रामपति थारुको मृत्यु भएको हो ।

कोहलपुर नगरपालिका ९ की ४५ वर्षीया रामपति थारुको घटनास्थलमै मृत्यु भएको बाँके प्रहरीले जनाएको छ । तीव्र गतिमा गुडिरहेको टिपरले सडकमा मजदुरी गर्न हिँडिरहेकी थारुलाई बिहान साढे १० बजेतिर ठक्कर दिएको थियो । टिपरको ठक्करबाट थारुको मृत्युभएपछि पिपिरी क्षेत्रमा स्थानीयले सडक अवरोध गरेका छन्। स्थानीयहरुले अहिले चक्काजाम गर्दै यातायात अवरुद्ध गरेका हुन्। स्थानीयहरुले टिपर चालकलाई कारबाहीको माग गर्दै मृतकका आफन्तलाई उचित क्षतिपूर्ति दिन माग समेत गरेका छन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक कुलदिप चन्दका अनुसार नेपालगन्जबाट कोहलपुरतर्फ जाँदै गर्दा थारुलाई टिपरले ठक्कर दिएको थियो। ठक्कर दिने टिपर र चालकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ। – भिम पौडेलको सहयोगमा

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको चन्द्रकोट गाउँपालिकाले सोमपाल कामीलाई ५० हजार पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डविरुद्ध नारावाजी सालकको खपेटासहित गोंगबुबाट एक पक्राउ उँखुजन्य उत्पादनलाई व्यवस्थित गर्न सहकारी गठन दलित समुदायको हकअधिकारका लागि सिङ्गो राज्य जिम्मेवार छ : प्रधानमन्त्री प्रचण्ड जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ : अध्यक्ष ओली बर्दिवास मेडिकल कलेज नबन्दै झमेलामा संकिणता र जडता नै नेपालको ओरालो यात्रा ! प्रधानमन्त्री प्रचण्डले गरे सडकको शिलान्यास गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ :राष्ट्रपति पौडेल सरकारमा जान एकीकृत समाजवादीद्वारा कार्यदल गठन दोल्ती पावरको आइपीओमा आवेदन दिने अन्तिम दिन सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा सिटी होटलले आइपीओ निष्कासन गर्न पायो अनुमति सोमबार रातिदेखि वर्षा जारी ‘बौद्धदर्शन र सञ्चार’ अनुसन्धानात्मक कृतिको परिचर्चा कार्यक्रम सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ? अमेरिकी डलरसँगै युरोको भाउ पनि बढ्यो, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ? बुटवलमा यामाहाको एक्स्चेन्ज सुरु राहादानी बिभागले घोडेजात्रामा पनि सेवा दिने