Mar 21, 2023
काठमाडौं । निर्वतमान सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको भक्तपुरको बालकोटस्थित घरको बाहिर बिस्फोट गराएको आशंकामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बाँस्कोटाको घरमा कुकर बम विस्फोट गराएको आशंकामा मनोहरा सुकुम्बासी बस्तीबाट अन्दाजी ५० वर्षका देव गुरुङलाई महानगरीय प्रहरी वृत्त ठिमीको टोलीले पक्राउ गरेको हो।
प्रहरी स्रोतका अनुसार गुरुङमाथि अनुसन्धान भइरहेको छ ।
प्रतिकृया दिनुहोस्