१६ चैत्र २०७९, बिहीबार

Mar 30, 2023

बुटवल । मगर विद्यार्थी संघले २५ औँ स्थापना दिवस एवं रजत जयन्तीको अवसरमा दिप प्रज्वलन गरेको छ । मगर विद्यार्थी संघ प्रदेश ५ ले मंगलबार बुटवलको राजमार्ग चौराहमा दिप प्रज्वलन गरेको हो ।

Advertisement

कार्यक्रममा बोल्दै मगर विद्यार्थी संघका केन्द्रिय अध्यक्ष विष्णु थापा मगरले रजत जयन्ती तथा स्थापना दिवस म्याग्दीको बेनीमा कार्यक्रम गर्ने भनिएता पनि विश्व भरी देखिएको कोरोना भाइरसका कारणले सरकारले कुनै पनि सभा, सम्मेलन तथा औपचारीक कार्यक्रम नर्गन गरेको आग्रहलाई स्वीकार गरी कार्यक्रम स्थगित गरिएको बताए । मगर विद्यार्थी संघले फागुन २७ र २८ गते म्याग्दीको बेनीमा ११ औँ राष्ट्रिय विस्तारित भेला एवं रजत जयन्ती कार्यक्रम गर्ने तय गरेको थियो । अर्को सूचना नआउँदासम्मका लागि स्थगित भएको अध्यक्ष थापाले बताए ।

दिप प्रज्वलन कार्यक्रममा केन्द्रिय सचिव दिपु मगर, केन्द्रिय सदस्य मनिष फाल मगर, सरु थापा मगर, गिरि बैजाली मगर, पूर्व केन्द्रिय सदस्य इन्द्र सारु मगर, प्रदेश अध्यक्ष प्रदीप घर्ती मगर, उपाध्यक्ष कमल थापा मगर, नेपाल मगर विद्यार्थी विद्यार्थी संघ जिल्ला कार्य समिति रुपन्देही सदस्य रमेश सारु मगर ,राजेश सिंजाली मगर, बुटवल बहुमुखी क्याम्पस अध्यक्ष रशमी पेमी मगर, लुम्बिनी वाणिज्य क्याम्पस अध्यक्ष टेकराज राना लगायतको सहभागिता रहेको थियो ।

दिप प्रज्वलन कार्यक्रम प्रदेश अध्यक्ष प्रदिप घर्ती मगरको अध्यक्षता र गुल्मीका कार्यवाहक अध्यक्ष कमल काउछाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देहीमा शुक्रबारदेखि ३ दिने बायोपिक चलचित्र कार्यशाला तिनाउमा एमालेको मिसन ग्रासरुट संघर्ष तथा सफलताका कथा लेखन सम्बन्धि अनुशिक्षण कांग्रेसले टुङ्गायो मन्त्रीको नाम (मन्त्रालय र नामावलीसहित) विकास साझेदारहरुसँग बुटवलको विकासबारे छलफल काँग्रेस त्यागेका स्वर्णिम वाग्लेले लिए रास्वपाको सदस्यता, तनहुँ १ को टिकट उनैलाई लुम्बिनी प्रदेश सांसदका स्वकीय सचिवः श्रीमान्, श्रीमती, छोरा, छोरी, भाइ, भतिज ! कांग्रेस छाडेको घोषणा गर्दै स्वर्णिमले भने- कांग्रेस दाइ-भाउजुको अक्षम गिरोहमा परिणत हुने क्रममा छ भैरहवामा तीनदिने फोटो पत्रकारिता तालिम सुरु उपनिर्वाचन : बारा, चितवन र तनहुँका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त भारत भ्रमणमा नेपाली भूमिमाथि दाबेदारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई ओलीको सुझाव सोनालिकाको सिरिज–२ अन्तर्गतका कम्बाईन्ड हार्भेष्टरको विक्री सुरु कोटहीमाईको एघारौं गाउँसभा, चार कार्यविधि अनुमोदन सेयर बजार १०.८७ अंकले ओरालो ६ वर्षपछि फेरि संसार देख्ने भइन् चुम्फा नेपाली लागुऔषधहित ७ जना पक्राउ ज्ञानेन्द्र मल्लसहित पाँच क्रिकेटर सम्मानित (फाेटाे फिचर) कांग्रेसले चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग कांग्रेसको माग कांग्रेसका मन्त्री छान्ने जिम्मा सभापति देउवालाई