१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

काठमाण्डौं । काेराेना भाइरस (कोभिड–१९) अर्थात् कोरोना भाइरसको सङ्क्रमण सुरु भएको चीनमा नयाँ मानिसमा सङ्क्रमण हुने दर घटेको छ । गएको जनवरी २० तारिखदेखि चीनको स्वास्थ्य विभागले दैनिक सार्वजनिक गर्ने विवरणअनुसार काेराेनाबाट सङ्क्रमित हुने नयाँ मानिसकाे सङ्ख्या घट्दै गएको हो । २४ घण्टामै सयौँ बिरामी थपिने गरेकोमा सोमबार नयाँ सङ्क्रमितको सङ्ख्या घटेर ४० मा झरेको थियो । मङ्गलबार १९ जनामात्रै नयाँ बिरामी भेटिएकाे बीबीसीले जनाएको छ । यस्तै ज्यान गुमाउनेको सङ्ख्या पनि दिनहुँ घटिरहेको छ भने उपचारपछि निको हुने क्रम बढेको छ ।

पछिल्लाे २४ घण्टामा कोरोना भाइरसका कारण चीनमा १७ जनाको ज्यान गएको छ । चीनमा अहिलेसम्म ८० हजार सात सय ५४ जनामा कोरोना भाइरसको सङ्क्रमण भएकोमा ५९ हजार ९ सय पाँच जना उपचारपछि घर फर्किएका छन् । अहिले १७ हजार सात सय १३ जनाको अस्पतालमा उपचार भइरहेकाेमा चार हजार सात सय ९४ जना सिकिस्त बिरामी रहेकाे चीनको स्वास्थ्य विभागले जनाएको छ । यसैबीच चीन सरकारले आफ्नो देशमा कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण नजिक पुगेको भन्दै अरु देशलाई सहयाेग गर्ने घोषणा गरेको छ । विश्वका एक सय १५ देशमा फैलिसकेको कोरोनाको सङ्क्रमण थप फैलनबाट रोक्न चीन सरकारले आफ्नो देशको अनुभव, प्रविधि र अन्तर्राष्ट्रिय आर्थिक सहयोग समेत बढाउने घोषणा गरेको चिनियाँ सञ्चारमाध्ययम सिन्ह्वाले जनाएको छ ।

प्रधानमन्त्री ली केकियाङको नेतृत्वमा बसेको बैठकले महामारीलाई थप फैलनबाट राेक्न र महामारी नियन्त्रण तथा आर्थिक वृद्धिलाई समन्वय गर्न व्यवस्थित ढङ्गले काम र उत्पादनलाई फेरि सुरु गर्न निरन्तर प्रयास गर्ने निर्णय गरेको खबरमा बताइएकाे छ ।  

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै भारत पुगेर उपचार गराइरहेका क्यान्सर पीडित राईलाई १७ लाख जुट्यो माेटरसाइकल दुर्घटनामा २ जनाकाे मृत्यु जितगढीदेखि सुरु भयो ‘राइड टु रानीमहल सिजन-३’ ६ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै अब स्थानीय पालिकाबाटै पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको आवेदन कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदै प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनल आज, नेपाल र लाओस भिड्दै आजदेखि इण्डियन प्रिमियर लिग ‘आईपीएल’