१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

बुटवल । समाजिक सम्बन्धलाई बलियो बनाउन होली पर्वको विशेष महत्व रहेको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन् ।

Advertisement

होली पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले रंगहरुको पर्व होलीले एकआपसमा सद्भाव, भातृत्व र मेलमिलापको सम्बन्धलाई बलियो बनाउँदै आएको उल्लेख गर्दै विविधतायुक्त नेपाली समाजलाई एकतामा बाँध्दै समाजिक सम्बन्धलाई बलियो बनाउन होली पर्वको विशेष महत्व रहेको बताएका छन् । मुख्यमन्त्री पोखरेलले स्वदेश तथा विदेशमा रहनुभएका समस्त दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति,समृद्धि र सुस्वास्थ्यको कामना समेत गरेका छन् ।

साथै उनले यतिखेर विश्व कोरोना भाइरस विरुद्ध लडिरहेको र नेपालमा पनि संभावित जोखिमलाई ख्याल गर्दै उच्च सर्तकता अपनाइएको उल्लेख गर्दै कोरोना भाइरसको संक्रमणको संभावित जोखिमलाई ध्यान दिदैं सरकारले सभा, सम्मेलन र ठूला जमघट नगर्न आग्रह गरेका छन् ।

होलीको अवसरमा मुख्यमन्त्रीले जारीको शुभकामना सन्देश

होली पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति,समृद्धि र सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछु । होली पर्व अर्थात फागु पूर्णिमा नेपालको मौलिक पर्व हो । रंगहरुको पर्व होलीले एकआपसमा सद्भाव, भातृत्व र मेलमिलापको सम्बन्धलाई बलियो बनाउँदै आएको छ । विविधतायुक्त नेपाली समाजलाई एकतामा बाँध्दै समाजिक सम्बन्धलाई बलियो बनाउन होली पर्वको विशेष महत्व छ ।

होली पर्व पहाडी र हिमाली क्षेत्रमा आज मनाउने प्रचलन छ । पहाडी र हिमाली क्षेत्रमा मनाएको भोलीपल्ट तराईमा होली पर्व मनाउने परम्परा छ । फरक-फरक दिनमा भएपनि नेपालको सबै क्षेत्रमा मनाईने यो पर्व साझा पर्वको रुपमा स्थापित छ । यतिखेर विश्व कोरोना भाइरस विरुद्ध लडिरहेको छ । नेपालमा पनि संभावित जोखिमलाई ख्याल गर्दै उच्च सर्तकता अपनाइएको छ । कोरोना भाइरसको संक्रमणको संभावित जोखिमलाई ध्यान दिदैं सरकारले सभा,सम्मेलन र ठूला जमघट नगर्न आग्रह गरेको छ । तसर्थ यो वर्षको होली पर्व ठूला जमघटमा नभई पारिवारिक रुपमा मनाऔं । सरकारले कोरोना भाइरसको संभावित जोखिम न्युनिकरण गर्न शुरु गरेको पूर्व तयारी र सर्तकता अभियानलाई सहयोग गर्दै अघि बढ्न हार्दिक अपील गर्दछु ।

अन्त्यमा, रंगहरुको पर्व होली पूर्णिमाको अवसरमा सबैमा सुख, शान्ति,समृद्धि र सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

प्रतिकृया दिनुहोस्

Flash News

सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै भारत पुगेर उपचार गराइरहेका क्यान्सर पीडित राईलाई १७ लाख जुट्यो माेटरसाइकल दुर्घटनामा २ जनाकाे मृत्यु जितगढीदेखि सुरु भयो ‘राइड टु रानीमहल सिजन-३’ ६ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै अब स्थानीय पालिकाबाटै पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको आवेदन कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदै