१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सोमबार बजार अनुगमन गरिएको छ । नगर प्रमुख बासुदेव घिमिरेको नेतृत्वमा उप–प्रमुख जागेश्वरी चौधरी, बजार अनुगमन समितिका पदाधिकारी, प्रहरी, सरोकारवाला संघ संस्थाका प्रतिनिधि तथा विषयगत शाखाका कर्मचारीहरुको सहभागितामा बजार अनुगमन गरिएको हो ।

Advertisement

कोरोना भाइसरको कारण बजारमा देखिन सक्ने समस्या समेतलाई मध्यनजर गरी बजार अनुगमन गरिएको नगरपालिकाको भनाइ छ । तिलोत्तमा नगरमा वडा कार्यालयहरुले पनि बजार अनुगमन गर्दै आएका छन् । टोलीले औषधि पसल, किराना पसल, होटल तथा रेष्टुरेन्ट, खाद्य उद्योग, हार्डवेयर, मासु पसललगायतमा अनुगमन गरेको थियो । मणिग्राम बजार केन्द्रीत अनुगमनका क्रममा टोलीले अखाद्य बस्तु नष्ट गराउनुको साथै सरसफाईमा विशेष ध्यान पुर्याउन होटल तथा रेष्टुरेन्ट र खाद्य उद्योगलाई निर्देशन दिएको छ ।

यस्तै अनुगमनको क्रममा पसलमा राखिएका पोलिथिनका झोला, गिलास, प्लेट, बरामद गरिनुको साथै म्याद गुज्रिएका खाद्य बस्तु समेत बरामद गरिएको अनुगमन टोलीले जनाएको छ ।
यस्तै टोलीले आफ्नो पसल, उद्योग परिसर र आसपासको सडकलाई सफा राख्न पनि निर्देशन दिएको शाखा अधिकृत माधव पोखरेलले जानकारी दिए । अनुगमन टोलीले व्यवसाय दर्ता नगरेका व्यवसायीलाई नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र व्यवसाय गर्न निर्देशन दिएको छ ।

नगर उपप्रमुख जागेश्वरी चौधरीले बजार अनुगमनलाई निरन्तरता दिइने बताइन् ।

प्रतिकृया दिनुहोस्

Flash News

निजी क्लिनिकमा सरकारी चिकित्सकले नाम प्रयोग गर्न नपाउने, मन्त्रालयले जारी गर्यो निर्देशन ह्वाट्सएप लगायत अनलाइनबाट ठगी गर्ने चिनिया नागरिकसहित १९ जनालाई पक्राउ गरी सार्वजनिक रुपन्देहीको तिलोत्तमाबाट मोटरसाइकल चोरी गर्ने २ युवा पक्राउ युट्युब र टिकटकसँग टेलिभिजन डराउने हैन : ओली सत्तागठबन्धनमा मिल्यो भागबन्डा, काँग्रेसलाई ८ मन्त्रालय बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण ६१ वर्षीया महिलामाथि बलात्कार आरोपमा रुपन्देहीका १८ वर्षीय युवासहित २ जना पक्राउ सलह जस्तै अर्थतन्त्रमा अलक्षिन पस्यो : एमाले अध्यक्ष ओली बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रिब्दिकोटको कान्ताश्रममा चैते दशैमा सरायनाच एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने ऋण लिँदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं: केन्द्रीय बैंक चैत्रभित्रै स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला पशुपति मन्दिर परिसरमा पलास्टिक लैजान निषेध टाइगर बनाम पठानमा शाहरुख र सलमानको द्वन्द्व अभिनेत्री शोभितासँग डेटमा नागा साइकलबाट लडेर एकजनाको मृत्यु नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग