१६ चैत्र २०७९, बिहीबार

Mar 30, 2023

काठमाडौँ । विश्वबजारमा तेलको मूल्यमा २५ प्रतिशतले गिरावट आएको छ । सोमबार तेलको भाउ २५ प्रतिशतले घटेको रोइटर्स समाचार माध्यमले जनाएको छ । साउदी अरबले मूल्य घटाउने र अप्रिलमा कच्चा तेल उत्पादनको मात्रा बढाउने निर्णय गरेसँगै विश्वबजारमा गिरावट आएको हो । योसँगै विश्व तेल बजारमा सन् १९९१ पछि कै सबैभन्दा ठूलो नोक्सानी हुने देखिएको छ ।

Advertisement

तेल उत्पादन मुलुकहरूको समूह ओपेकले कोरोना भाइरसबाट उत्पन्न चिन्ताबीच बजारलाई स्थिर बनाउन भन्दै उत्पादनमा कटौती गर्ने प्रस्ताव अघि सारेको थियो । तर ओपेकले अघि सारेको प्रस्तावप्रति रुस अनिच्छुक देखिएपछि साउदी अरबले मूल्य घटाउने निर्णय गरेको हो । सोमबार ब्रेन्ट नामक कच्चा तेलको मूल्य प्रति ब्यारेल ११.३१ अमेरिकी डलरले घटेको छ । उक्त गिरावटसँगै विश्वबजारमा सन् २०१६ पछिकै कम मूल्यमा कच्चा तेलको कारोबार भइरहेको छ । समाचार अनुसार हाल ब्रेन्ट कच्चा तेलको कारोबार प्रति ब्यारेल ३३.९६ अमेरिकी डलरमा भइरहेको छ । सन् १९९१ मा खाडी युद्ध सुरु हुने बेलामा विश्व तेल बजारले यस्तै नोक्सानी व्यहोरेको थियो ।

त्यस्तै वेस्ट टेक्सास इन्टरमिडियड (डब्लुटिआई) नामक कच्चा तेलको मूल्य २६ प्रतिशतले घटेर प्रति ब्यारेल ३०.५५ अमेरिकी डलर पुगेको छ । उक्त गिरावट पनि सन् १९९१ पछिकै सबैभन्दा बढी हो ।भाइरसको जोखिममाझ तेलको मूल्य स्थिर गर्नेबारे ओपेक र रुसबीच सहमति हुन नसकेपछि कच्चा तेलको मूल्यमा भारी मात्रामा गिरावट आएको हो । योसँगै रुस र साउदी अरबबीच कच्चा तेलको मूल्यलाई लिएर मतभेद देखिन सक्ने कतिपयले अनुमान गर्न थालेका छ्न् । साउदी अरबले अप्रिलसम्ममा उत्पादन बढाएर प्रतिदिन १० मिलियन ब्यारेलभन्दा बढी तेल उत्पादन गर्ने योजना बनाइरहेको छ ।

साउदी अरब विश्वमै सबैभन्दा बढी तेल निर्यात गर्ने मुलुक हो । साउदी अरबले विश्वमै सबैभन्दा बढी तेल उत्पादन गर्ने दोस्रो मुलुक रुसलाई दण्डित गर्नका लागि पछिल्लो कदम चालेको समाचारमा उल्लखे गरिएको छ । उत्पादन कटौती गर्ने ओपेकको प्रस्तावलाई रुसले समर्थन नगरेपछि साउदीले मूल्य घटाएको समाचारमा बताइएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देहीमा शुक्रबारदेखि ३ दिने बायोपिक चलचित्र कार्यशाला तिनाउमा एमालेको मिसन ग्रासरुट संघर्ष तथा सफलताका कथा लेखन सम्बन्धि अनुशिक्षण कांग्रेसले टुङ्गायो मन्त्रीको नाम (मन्त्रालय र नामावलीसहित) विकास साझेदारहरुसँग बुटवलको विकासबारे छलफल काँग्रेस त्यागेका स्वर्णिम वाग्लेले लिए रास्वपाको सदस्यता, तनहुँ १ को टिकट उनैलाई लुम्बिनी प्रदेश सांसदका स्वकीय सचिवः श्रीमान्, श्रीमती, छोरा, छोरी, भाइ, भतिज ! कांग्रेस छाडेको घोषणा गर्दै स्वर्णिमले भने- कांग्रेस दाइ-भाउजुको अक्षम गिरोहमा परिणत हुने क्रममा छ भैरहवामा तीनदिने फोटो पत्रकारिता तालिम सुरु उपनिर्वाचन : बारा, चितवन र तनहुँका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त भारत भ्रमणमा नेपाली भूमिमाथि दाबेदारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई ओलीको सुझाव सोनालिकाको सिरिज–२ अन्तर्गतका कम्बाईन्ड हार्भेष्टरको विक्री सुरु कोटहीमाईको एघारौं गाउँसभा, चार कार्यविधि अनुमोदन सेयर बजार १०.८७ अंकले ओरालो ६ वर्षपछि फेरि संसार देख्ने भइन् चुम्फा नेपाली लागुऔषधहित ७ जना पक्राउ ज्ञानेन्द्र मल्लसहित पाँच क्रिकेटर सम्मानित (फाेटाे फिचर) कांग्रेसले चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग कांग्रेसको माग कांग्रेसका मन्त्री छान्ने जिम्मा सभापति देउवालाई