ताजा अपडेट »

‘बाघी-३’ को आक्रामक व्यापारः दुई दिनको कमाई ३३ करोड भारू

आइतबार, २५ फागुन २०७६, १३ : २९

काठमाडौं । टाइगर श्राफ र श्रद्धा कपुर स्टारर चलचित्र ‘बाघी ३’ ले आक्रामक व्यापार गरेको छ । शुक्रबारदेखि विश्वभर प्रर्दशनमा आएको ‘बाघी ३’ ले दुई दिनमा करिब ३३ करोड भारूको कमाइ गरेको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चलचित्रले पहिलोदिनमा १८ करोडभन्दा माथिको व्यापार गरेको थियो । विश्वभर ५५ सय हलमा लागेको फिल्मले भारतमा मात्र ४४ सय हलमा स्थान पाएको थियो भने अन्य देशहरुमा ११ सय हल पाएको थियो ।तमिल सिनेमा ‘भेट्टाई’को आधिकारिक रिमेक रहेको चलचित्रको एक्सनले तारिफ पाइरहेको छ । समिक्षकहरु पनि चलचित्रले आम-दर्शकलाई निकै मनोरञ्जन दिने बताउँछन् ।

अम्हेद खानले निर्देशन गरेको यस चलचित्रमा टाइगर र श्रद्धाका अलावा जयदिप अलावत, रितेश देशमुख तथा विजय शर्मा आदिको अभिनय रहेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।