१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल महिला आन्दोलन केवल महिला अधिकार र समानतामा मात्रै सिमित नभएको बताएका छन् । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना व्यक्त गदैै महिला आन्दोलन महिला अधिकार र समानतामा मात्रै सिमित नभएर लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण र फराकिलो दायरामा विस्तार भएको उल्लेख गरेका छन् ।

Advertisement

उनले ११० औँ महिला दिवसको अवसरमा समस्त महिला दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन् । यो वर्ष कोरोना भाइरसको संक्रमणको संभावित जोखिमलाई ध्यान दिदैं सरकारले भेला,सभा र सम्मेलन नगर्न आग्रह गरेकाले अन्तराष्ट्रिय महिला दिवस पारिवारिक रुपमा मनाउन आग्रह पनि गरेका छन् । यस वर्षको अन्तराष्ट्रिय महिला दिवसलाई कोरोना भाइरस विरुद्धको सर्तकता र सचेतना दिवसको रुपमा मनाउन अपील समेत गरेका छन् ।

मुख्यमन्त्रीले जारी गरेको शुभकामना

अन्तराष्ट्रिय महिला दिवसको शुभकामना
आज मार्च ८ अर्थात अन्तराष्ट्रिय महिला दिवस । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा समस्त महिला दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

महिला सशक्तिकरण र आत्मसम्मान उत्सवको रुपमा विश्वमा मार्च ८ लाई मनाइन्छ । नेपालमा महिला सशक्तिकरण र आत्मसम्मान उत्सव मात्रै नभएर राजनैतिक चेतना र जागरण विस्तारको अवसरका रुपमा मनाइदैं आएको छ । जहाँनिया राणा शासन, निरकुंश पञ्चायती व्यवस्था र शाही शासनको कठीन अवस्थामा प्रजातान्त्रिक अधिकार प्राप्तिका लागि नेपाली महिलाहरुले गरेको संघर्ष निकै अविस्मरणीय छ । ती अध्याँरा र अप्ठारा दिनमा मार्च ८ को विशेष महत्व थियो । महिला आन्दोलन केवल महिला अधिकार र समानताको लडाईमा मात्रै सिमित नभएर लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण र फराकिलो दायरामा विस्तार भएको थियो । लोकतान्त्रिक आन्दोलनको दायरालाई फराकिलो बनाउन र उत्कर्षमा पु¥याउन महिला दिवसको सन्दर्भमा आयोजना भएका कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै महिलाहरुको सक्रियता, जुझारुपन र अठोटको हार्दिक सम्मान व्यक्त गर्दछु ।

विगतमा भएका आन्दोलन र संघर्षबाट नै संविधानमा महिला अधिकारका विषयलाई समेट्न संभव भएको हो । राज्यको माथिल्लो तहदेखि तल्लो तहसम्मका सबै संरचनामा महिलाको समानुपातिक प्रतिनिधित्व हुने संवैधानिक व्यवस्था छ । समावेशी, समानुपातिक र लैंगिक हिसाबले पनि नेपालको संविधान विश्वमै नमूना छ । महिला समानतासंग सम्बन्धित विभिन्न विषयलाई संविधानले मौलिक हकका रुपमा व्याख्या गरेको छ । विगतका संघर्षबाट प्राप्त उपलब्धीको सही प्रयोग गरेर समतामुलक र समावेशी नेपाली समाज निमार्णको अभियानमा हामी जुटिरहेका छौं ।

अझै नेपाली महिला बोक्सी, छाउपडी र दाइजो जस्ता कुरीतिको शिकार भइरहेका छन्, यस्ता कुरीतिलाई हटाउन सबै हातेमालो गरेर अघि बढ्न जरुरी छ । कानुनको सही कार्यान्वयन गर्न राज्यलाई सघाउ पु¥याउदै अघि बढे हामी यी समस्याको समाधान गर्न सक्छौं । यस वर्षको महिला दिवसको नारा समानताको पुस्ताः अन्त्य गरौं, हिंसा, विभेद र असमानता रहेको छ । संविधानको सफल कार्यान्वयन गर्दै समतामुलक नेपाल निर्माणको महाअभियानमा सबै एकताबद्ध भई अघि बढ्न म सबै राजनैतिक दल,समुदाय,संघसंस्था र आम नागरिकमा हार्दिक अपील गर्दछु ।
यो वर्ष कोरोना भाइरसको संक्रमणको संभावित जोखिमलाई ध्यान दिदैं सरकारले भेला,सभा र सम्मेलन नगर्न आग्रह गरेको छ । तसर्थ अन्तराष्ट्रिय महिला दिवस पारिवारिक रुपमा मनाऔं । यो वर्षको अन्तराष्ट्रिय महिला दिवसलाई कोरोना भाइरस विरुद्धको सर्तकता र सचेतना दिवसको रुपमा मनाउन अपील गर्दछु ।

अन्त्यमा, ११० औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा सबै महिला दिदीबहिनीहरुप्रति सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

मिति ८ मार्च,२०२०
शंकर पोखरेल
मुख्यमन्त्री

प्रतिकृया दिनुहोस्

Flash News

उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै भारत पुगेर उपचार गराइरहेका क्यान्सर पीडित राईलाई १७ लाख जुट्यो माेटरसाइकल दुर्घटनामा २ जनाकाे मृत्यु जितगढीदेखि सुरु भयो ‘राइड टु रानीमहल सिजन-३’ ६ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै अब स्थानीय पालिकाबाटै पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको आवेदन कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदै प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनल आज, नेपाल र लाओस भिड्दै आजदेखि इण्डियन प्रिमियर लिग ‘आईपीएल’