१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

बुटवल । रुपन्देहीको बुटवल- ८, सुख्खानगरमा रहेको दीप बोर्डिङ हाई स्कूलले शुक्रबार एक कार्यक्रमकाबीच महिला कृषकहरूलाई सम्मान गरेको छ । राष्ट्रको समृद्धिका लागि कृषिको उत्थान, कृषि प्रधान देशमा कृषकको सम्मान मूल नाराका साथ सम्पन्न कार्यक्रममा रुपन्देहीको शुद्धोधन गाउँपालिका फर्साटिकर मानपकडी क्षेत्रमा कृषिकर्म गरी आफूले उत्पादन गरेको कृषिबाली बुटवलका विभिन्न क्षेत्रमा बिक्री वितरण गर्ने ४१ जना महिलाहरूलाई सम्मान गरिएको हो ।

सो अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले शैक्षिक क्रियाकलापसँगै विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्वप्रति जागृत गराउन कृषक सम्मान कार्यक्रम गर्नु सराहनीय कार्य रहेको बताईन् । कार्यक्रमको औचित्यका बारेमा बोल्दै विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले देशको आर्थिक समृद्धि र सारा जगतलाई जीवन दिने किसान धर्ती पुत्र भएको तथा ती कृषकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कृषक सम्मान कार्यक्रम गरिएको कुरा बताए । सम्मान ग्रहण गरिसकेपछि महिला कृषकहरूले दीप बोर्डिङ हाई स्कूलले महिला कृषकहरूलाई सम्मान गरेकोमा खुसी व्यक्त गर्दै राज्यले समेत कृषकलाई उचित सहयोग र सम्मान गर्नुपर्ने बताए । त्यसैगरि उनीहरूले अहिलेसम्म कुनै पनि विद्यालयले कृषकहरूको सम्मान नगरेको र आफ्नै घरदैलोमा आएर निमन्त्रणा गरी दीप बोर्डिङ हाई स्कूलले सम्मान गरेकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा महिला कृषकहरूले आफूले उत्पादन गरेका साग, मूला, धनियाँ, प्याज, गोवी, अण्डा, मेथी, चनसुर, पालक, रायो लगायत विभिन्न थरिका तरकारी ल्याएर बिक्री गरेका थिए भने विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावकहरूले उक्त तरकारी खरिद गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद ध्वजूको अध्यक्षता, बुटवल उपमहानगरपालिकाका उप प्रमुख गुमादेवी आचार्यको प्रमुख आतिथ्यता, विद्यालयका उपप्राचार्यहरु ज्ञानु थापा, कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्य, प्लस टु संयोजक वसन्त कुमार जोशीको आतिथ्यतामा सम्पन्न कार्यक्रमको संयोजन अमर खत्रीले गरेका थिए भने कार्यक्रमको सञ्चालन पुरुषोत्तम पाण्डेयले गरेका थिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै भारत पुगेर उपचार गराइरहेका क्यान्सर पीडित राईलाई १७ लाख जुट्यो माेटरसाइकल दुर्घटनामा २ जनाकाे मृत्यु जितगढीदेखि सुरु भयो ‘राइड टु रानीमहल सिजन-३’ ६ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै अब स्थानीय पालिकाबाटै पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको आवेदन कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदै प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनल आज, नेपाल र लाओस भिड्दै