७ चैत्र २०७९, मंगलवार

Mar 21, 2023

अर्घाखाँची । आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड सन्धिखर्क शाखाले शुक्रबार एक कार्यक्रमकाबीच आधारभुत अभिकर्ता तालिम सम्पन्न गरेको छ । सो अवसरमा आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड ५ नं. प्रदेश प्रमुख यमलाल न्यौपानेले बीमा सम्बन्धी ज्ञान तथा महत्वको विषयमा प्रकाश पारे ।

न्यौपानेले बीमा अभिकर्ता भई काम गर्दा ध्यान दिनुपर्ने कुराहरु, जीवन बीमाको आधारभूत अवधारणा तथा अभ्यासहरुको जानकारी साथसाथै जीवन बीमामा आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले खेलेको भूमिकाको बारेमा तालिममा सहभागीहरुलाई स्पष्ट पार्दै सफल बीमा अभिकर्ता भई कार्य गर्न सफलता मिलोस् भनी शुभेच्छा प्रकट गरे । तालिमको औपचारिक समापन गर्दै शाखा कार्यालय सन्धिखर्कका शाखा प्रमुख बोमबहादुर क्षेत्रील अभिकर्ताको गुणस्तर तथा उनीहरुको ज्ञानका स्तरको आधारमा बीमाको व्यापार बढ्ने बताए ।

शाखाका अण्डरराईटिङ स्टाफ बिक्रम पाण्डेको सञ्चालनमा सम्पन्न तालिममा ३० जना अभिकर्ताहरुको सहभागिता रहेको थियो । कम्पनीले हालबाल उज्जवल जीवन बीमा, बाल उमंग जीवन बीमा, धनसरीता जीवन बीमा, सरल सावधिक जीवन बीमा, आजिवन जीवन बीमा, बैदेशिक रोजगार म्यादी जीवन बीमा, सवल धनवद्र्धन , धनबृक्ष लगायतका दर्जनौँ बीमा योजनाहरु बजारमा ल्याएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको चन्द्रकोट गाउँपालिकाले सोमपाल कामीलाई ५० हजार पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डविरुद्ध नारावाजी सालकको खपेटासहित गोंगबुबाट एक पक्राउ उँखुजन्य उत्पादनलाई व्यवस्थित गर्न सहकारी गठन दलित समुदायको हकअधिकारका लागि सिङ्गो राज्य जिम्मेवार छ : प्रधानमन्त्री प्रचण्ड जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ : अध्यक्ष ओली बर्दिवास मेडिकल कलेज नबन्दै झमेलामा संकिणता र जडता नै नेपालको ओरालो यात्रा ! प्रधानमन्त्री प्रचण्डले गरे सडकको शिलान्यास गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ :राष्ट्रपति पौडेल सरकारमा जान एकीकृत समाजवादीद्वारा कार्यदल गठन दोल्ती पावरको आइपीओमा आवेदन दिने अन्तिम दिन सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा सिटी होटलले आइपीओ निष्कासन गर्न पायो अनुमति सोमबार रातिदेखि वर्षा जारी ‘बौद्धदर्शन र सञ्चार’ अनुसन्धानात्मक कृतिको परिचर्चा कार्यक्रम सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ? अमेरिकी डलरसँगै युरोको भाउ पनि बढ्यो, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ? बुटवलमा यामाहाको एक्स्चेन्ज सुरु राहादानी बिभागले घोडेजात्रामा पनि सेवा दिने