१६ चैत्र २०७९, बिहीबार

Mar 30, 2023

बुटवल । आगामी चैत्र ६ गतेदेखि सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा प्रदेश नम्बर ५ बाट ८१ हजार ४ सय १ जना परिक्षार्थी सहभागी हुने भएका छन् । प्रदेशका १२ वटा जिल्लाबाट नियमित तर्फ कूल ७६ हजार ६ सय १८ जना, प्राविधिक तर्फ २ हजार १ सय ३१ जना तथा ग्रेड वृद्धिका लागि २ हजार ६ सय ५२ जना विद्यार्थी परिक्षामा सहभागी हुने सामाजिक विकास मन्त्रालयले जानकारी गराएको छ ।

Advertisement

प्रदेशमा परिक्षाका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउँदै प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले परिक्षालाई मर्यादित, सफल र विद्यार्थीहरुमा भयरहित वातावरणमा सञ्चालन गर्नका लागि जोड दिएका छन् । प्रदेशका ३ सय २१ परिक्षा केन्द्रबाट सञ्चालन गरिने परिक्षाका लागि आवश्यक तयारीको अन्तिम चरणमा पुगेको जानकारी गराउँदै मन्त्री बरालले परिक्षालाई मर्यादित र व्यवस्थित ढँगले सञ्चालन गर्नका लागि सञ्चार क्षेत्रबाट समेत सहयोगको अपेक्षा गरे । चैत्र ६ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइइमा ९ जना दृष्टिविहिन, १३ जना वहिरो अपाङ्गता भएका विद्यार्थी तथा शारीरिक अपाङ्गता भएका २ गरी २४ जना विशेष क्षमताका विद्यार्थी सहभागी हुने भएका छन् । वि.स. २०७२ सालदेखि परिक्षालाई ग्रेडिङ प्रणालीमा नतिजा पैकाशन गर्न लागिएसँगै संघीय सरकारले पश्न पत्रको व्यवस्थापन गरे पनि अन्य व्यवस्थापन प्रदेश सरकारहरुले गर्दै आएका छन् ।

संघीय सरकारले परिक्षा सञ्चालनका लागि शसर्त अनुदानका रुपमा ४ करोड १२ लाख रकम उपलब्ध गराएकोमा परिक्षा कर्ख ३ करोड ३९ लाख हुने अनुमान गरिएको छ । यसैगरी परिक्षा सञ्चालनका लागि ३ सय २१ जना परिक्षा केन्द्राध्यक्ष, ४ सय ११ जना सह केन्द्राध्यक्ष, ४ हजार ७० जना निरिक्षक, ८ सय १४ जना परिक्षा सहायक, ४ हजार ८ सय १५ जना सुरक्षाकर्मी तथा १ हजार ६ सय २८ जना कार्यालय सहायक गरी कूल १२ हजार ५९ जना जनशक्तिको आवश्यकता पर्ने मन्त्रालयले जनाएको छ । परिक्षामा रुपन्देही जिल्लाबाट सबैभन्दा बढी १७ हजार ४ सय ३० जना विद्यार्थीले ५६ वटा केन्द्रबाट परिक्षामा सहभागी हुँदै छन् । परिक्षामा ३९ हजार ७ सय ३३ जना छात्र, ४२ हजार ६ सय ६५ जना छात्रा तथा ३ जना तेस्रो लिङ्गी विद्यार्थीले सहभागीता जनाउने भएका हुन् । सबैभन्दा कम रुकुम पुर्वका ६ केन्द्रबाट १ हजार ७४ जना विद्यार्थीले रिक्षामा सहभागी हुने भएका छन् ।

ग्रेड वृद्धिका लागि परिक्षामा सहभागी हुने विद्यार्थीको संख्या पनि रुपन्देहीमा बढी रहेको छ । रुपन्देहीमा ४ सय ९४ जना विद्यार्थीले ग्रेड वृद्धिका लागि परिक्षामा सहभागी हुँदै छन् भने सबै भन्दा कम रुकुम पुर्वबाट ७२ जना विद्यार्थी सहभागी हुने भएका छन् । परिक्षामा संस्थागत विद्यालयबाट २० हजार ८ सय ४७ तथा सामुदायिक विद्यालयबाट ६० हजार ५ सय ५४ जना विद्यार्थी सहभागी हुने छन् । साविकको लुम्बिनी अञ्चलका नवलपरासीबाट ६ हजार १ सय ४, पाल्पाबाट ५ हजार ६४, गुल्मीबाट ४ हजार ७ सय ३, अर्घाखाँचीबाट ३ हजार ४ सय २७ तथा कपिलवस्तुबाट ७ हजार ४ सय ७४ जना विद्यार्थी परिक्षामा सामेल हुने भएका हुन् । पछिल्लो समय विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपलाई मध्ययनजर गर्दै नेपाल सरकारले समयमा नै परिक्षा सञ्चालन गर्न आग्रह गरेको छ ।

मन्त्री बरालले नेपालमा कोरोना भाइरस देखा नपरेको प्रष्ट पार्दै सरकारले उच्च सतर्कता अपनाएको जानकारी गराए । कतिपय विद्यालयहरुमा विद्यार्थीलाई मास्क लगाउन अनिवार्य जस्तै गरिए पनि त्यो सही नभएको उनले बताए । मास्क लगाएर भाइरस रोक्न सकिने कुरा नभएको बताउँदै उनले मेला महोत्सव, विवाह भोज लगाएतका कार्यक्रमहरु समेत कम गर्न आह्वान गरेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देहीमा शुक्रबारदेखि ३ दिने बायोपिक चलचित्र कार्यशाला तिनाउमा एमालेको मिसन ग्रासरुट संघर्ष तथा सफलताका कथा लेखन सम्बन्धि अनुशिक्षण कांग्रेसले टुङ्गायो मन्त्रीको नाम (मन्त्रालय र नामावलीसहित) विकास साझेदारहरुसँग बुटवलको विकासबारे छलफल काँग्रेस त्यागेका स्वर्णिम वाग्लेले लिए रास्वपाको सदस्यता, तनहुँ १ को टिकट उनैलाई लुम्बिनी प्रदेश सांसदका स्वकीय सचिवः श्रीमान्, श्रीमती, छोरा, छोरी, भाइ, भतिज ! कांग्रेस छाडेको घोषणा गर्दै स्वर्णिमले भने- कांग्रेस दाइ-भाउजुको अक्षम गिरोहमा परिणत हुने क्रममा छ भैरहवामा तीनदिने फोटो पत्रकारिता तालिम सुरु उपनिर्वाचन : बारा, चितवन र तनहुँका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त भारत भ्रमणमा नेपाली भूमिमाथि दाबेदारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई ओलीको सुझाव सोनालिकाको सिरिज–२ अन्तर्गतका कम्बाईन्ड हार्भेष्टरको विक्री सुरु कोटहीमाईको एघारौं गाउँसभा, चार कार्यविधि अनुमोदन सेयर बजार १०.८७ अंकले ओरालो ६ वर्षपछि फेरि संसार देख्ने भइन् चुम्फा नेपाली लागुऔषधहित ७ जना पक्राउ ज्ञानेन्द्र मल्लसहित पाँच क्रिकेटर सम्मानित (फाेटाे फिचर) कांग्रेसले चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग कांग्रेसको माग कांग्रेसका मन्त्री छान्ने जिम्मा सभापति देउवालाई