रुपन्देही । रोटर्याक्ट क्लब अफ लुम्बिनी स्टार्स र रोटर्याक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीको सयुंक्त आयोजनामा अन्तर रोटरी तथा रोटर्याक्ट ब्याडमिन्टन र टेबल टेनिस प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगितामा छात्र र छात्रा दुवैबिच प्रतिष्पर्धा हुने छ ।
कार्यक्रम आगामी बैशाख २७ गते शनिबार बिहान ७ः०० बजेबाट सुरु हुने बताइएको छ । देवीनगर ब्याडमिन्टन क्लब ९ओली पथ, फिटनेश हेल्थ जिम अगाडि० मा हुने उक्त प्रतियोगिता युवाहरूबीच आपसी सम्बन्ध सुदृढ गर्ने, खेलकुदप्रति रुचि बढाउने तथा शारीरिक सशक्तिकरणमा सहयोग पु¥याउने उद्देश्यले आयोजना गरिएको हो ।
प्रतियोगितामा रोटरी तथा रोटर्याक्ट सदस्यहरूबीच खेलकुदमार्फत मित्रता, सहकार्य र स्वस्थ प्रतिस्पर्धा प्रवद्र्धन गर्ने उद्देश्य राखिएको छ । प्रतियोगितामा सिंगलतर्फ नगद ३ हजारसहित प्रमाणपत्र र डवल्स तर्फ बिजेतालाई नगद ५ हजारसहित प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।
रोटर्याक्ट क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष सरोज पाण्डेले युवाहरूलाई खेलकुदमा संलग्न गराउँदै नेतृत्व विकास, सहकार्य र अनुशासनको भावना अभिवृद्धि गर्नु नै यो प्रतियोगिताको मूल उद्देश्य रहेको जानकारी दिए । उनले सम्पूर्ण रोटर्याक्ट र रोटरी परिवारलाई सक्रिय सहभागिताको लागि आह्वान समेत गरे ।
कार्यक्रम संयोजकसमिर पाण्डेले यो प्रतियोगिता खेल मात्र नभई, आपसी भाइचारा र ऊर्जा थप्ने एउटा उत्सव पनि रहेको भन्दै सबैलाई यो अवसर नगुमाउन आग्रह गरे ।
प्रतिक्रिया