Mar 31, 2023
बुटवल । आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य फेरी बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बिहिबार प्रतितोला ८० हजार ७ सयमा कारोबार भैरहेको छापावाल सुनको मूल्य शुक्रबार प्रतितोलामा १ हजार ८ सयले बढेर ८२ हजार ५ सयमा कारोबार भैरहेको छ । यस्तै, शुक्रबार तेजाबी सुन प्रतितोला ८२ हजार २ सयमा कारोबार भैरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार मूल्य प्रतितोलामा १० रुपैयाँले बढेर ८ सय ९० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
प्रतिकृया दिनुहोस्