७ चैत्र २०७९, मंगलवार

Mar 21, 2023

बुटवल । युवाहरुलाई लक्षित गरी रुपन्देहीको शुद्वोधन गाउँपालिका फर्साटिकरमा खुल्ला भलिबल प्रतियोगिता शुक्रबार देखि सुरु हुँदै छ । फर्साटिकर वडा नम्बर ४ स्थित फर्साटिकर उच्च माध्यामिक विद्यालयको प्राङ्णमा हुने प्रतियोगिताका लागि एमएल पोखरेली ढुङ्गा सप्लायर्सले सहयोग तथा व्यवस्थापन गर्दै आएको छ । दोस्रो संस्करणका रुपमा आयोजना गरिएको प्रतियोगितामा १८ टिमले प्रतिस्पर्धा गर्दै छन् । एमएल पोखरेली ढुङा सप्लायर्स एण्ड बेतबांस फर्निचरका प्रोप्राइटर मिलन निउरेले राष्ट्रिय खेल भलिबललाई स्थापित गराउने उद्देश्यले प्रतियोगिता सम्पन्न गर्नका लागि आर्थिक र भौतिक सहयोग गरेको जानकारी गराए ।

सप्लायर्सले सामाजिक उत्तरदायित्व बहन गरि खेलकुदको बिकास र प्रवद्र्धनका लागि प्रतियोगिता सञ्चालन गर्दै आएको र यसलाई निरन्तरता दिने उनले बताए । प्रतियोगितामा प्रथम हुनेलाई ३३ हजार रुपैंया, द्वितीय हुनेलाई २२ हजार रुपैंयाँ र तृतीय हुने टिमलाई ११ हजार रुपैंया नगद पुरस्कारसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक मेखबहादुर क्षेत्रीले जानकारी गराए । प्रतियोगितामा विधागत उत्कृष्ट हुने खेलाडीलाइसमेत पुरस्कृत गरिने छ । ग्रामिण क्षेत्रमा रहेको सुद्धोधन गाउँपालिकालाई भलिबल खेलको माध्यमबाट राष्ट्रिय रुपमा परिचित गराउन र युवाहरुलाई कुलतमा लाग्न रोक्नका लागि प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताका सल्लाहकार नरेन्द्र बिक्रम खड्काले बताए ।

प्रतियोगिता सञ्चालन गर्न ३ लाख १६ हजार बढी रकम लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताको प्रमथ पुरस्कार अमेरिकामा रहेका फर्साटिकर निवासी बिवेक जीसीले प्रायोजन गरेको प्रतियोगिताका सदस्य मनोज भण्डारीले जानकारी गराए । प्रतियोगिता सञ्चालनमा भएको आम्दानीको २५ प्रतिशत रकम सामाजिक क्षेत्रमा खर्च गरिने सप्लायर्सका अध्यक्ष निउरेले जानकारी गराए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको चन्द्रकोट गाउँपालिकाले सोमपाल कामीलाई ५० हजार पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डविरुद्ध नारावाजी सालकको खपेटासहित गोंगबुबाट एक पक्राउ उँखुजन्य उत्पादनलाई व्यवस्थित गर्न सहकारी गठन दलित समुदायको हकअधिकारका लागि सिङ्गो राज्य जिम्मेवार छ : प्रधानमन्त्री प्रचण्ड जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ : अध्यक्ष ओली बर्दिवास मेडिकल कलेज नबन्दै झमेलामा संकिणता र जडता नै नेपालको ओरालो यात्रा ! प्रधानमन्त्री प्रचण्डले गरे सडकको शिलान्यास गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ :राष्ट्रपति पौडेल सरकारमा जान एकीकृत समाजवादीद्वारा कार्यदल गठन दोल्ती पावरको आइपीओमा आवेदन दिने अन्तिम दिन सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा सिटी होटलले आइपीओ निष्कासन गर्न पायो अनुमति सोमबार रातिदेखि वर्षा जारी ‘बौद्धदर्शन र सञ्चार’ अनुसन्धानात्मक कृतिको परिचर्चा कार्यक्रम सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ? अमेरिकी डलरसँगै युरोको भाउ पनि बढ्यो, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ? बुटवलमा यामाहाको एक्स्चेन्ज सुरु राहादानी बिभागले घोडेजात्रामा पनि सेवा दिने