१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

बुटवल । रुपन्देहीको बुटवल-८, सुख्खागनरमा रहेको दीप बोर्डिङ हाई स्कूलमा क्रियाशील युवा रेडक्रस सर्कलले बिहीबार रक्तदान तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल युवा रेडक्रस दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका र अभिभावक गरी जम्मा ३१ जनाले रक्तदान गरेका थिए भने रक्त सञ्चार केन्द्र बुटवलले प्राविधिक सहयोग उपलब्ध गराएको थियो । रक्तदान कार्यक्रमपछि आयोजना गरिएको स्रष्टा सम्मान कार्यक्रममा विद्यालयमा कार्यरत पुरुषोत्तम पाण्डेयलाई स्रष्टा सम्मान–२०७६ बाट सम्मानित गरिएको थियो । पाण्डेयलाई वादविवाद, वक्तृता, कविता, निबन्ध लेखन, गीत लगायत विभिन्न प्रतियोगितामा विद्यार्थीहरूलाई प्रशिक्षण प्रदान गरेको, मातृभूमिको आँसु-२०६२ खण्डकाव्य, चाकाभित्र मह-२०७२ बाल गीत तथा कविता सङ्ग्रह प्रकाशन गर्दै साहित्य लेखनमा निरन्तर क्रियाशील भएको भन्दै सम्मान गरिएको थियो । दीप रेडक्रस सर्कलले २०७४ सालदेखि प्रत्येक वर्ष एक जना स्रष्टालाई सम्मान गर्दै आइरहेको कुरा शिक्षक नायक अर्जुनप्रसाद पन्थले बताए ।

विद्यालयका प्राचार्य तथा रेडक्रस सर्कलका संरक्षक टीकाराम न्यौपानेको अध्यक्षता, नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाका सभापति प्रेमलाल उदासको प्रमुख आतिथ्यता, जिल्ला जुनियर/युवा समिति संयोजक अर्जुनराज उपाध्याय, जुनियर/युवा समिति बुटवल उपशाखा संयोजक अप्सरा उपाध्याय, विद्यालयका उपप्राचार्य त्रय ज्ञानु थापा, कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्यको आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्राचार्य टीकाराम न्यौपानेले स्वागत तथा धन्यवाद मन्तव्य र उपप्राचार्य सुरेन्द्रकुमार शाक्यले कार्यक्रममाथि प्रकाश पारेका थिए । भने कार्यक्रमको सञ्चालन शिक्षक नायक अर्जुनप्रसाद पन्थले गरेका थिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

निजी क्लिनिकमा सरकारी चिकित्सकले नाम प्रयोग गर्न नपाउने, मन्त्रालयले जारी गर्यो निर्देशन ह्वाट्सएप लगायत अनलाइनबाट ठगी गर्ने चिनिया नागरिकसहित १९ जनालाई पक्राउ गरी सार्वजनिक रुपन्देहीको तिलोत्तमाबाट मोटरसाइकल चोरी गर्ने २ युवा पक्राउ युट्युब र टिकटकसँग टेलिभिजन डराउने हैन : ओली सत्तागठबन्धनमा मिल्यो भागबन्डा, काँग्रेसलाई ८ मन्त्रालय बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण ६१ वर्षीया महिलामाथि बलात्कार आरोपमा रुपन्देहीका १८ वर्षीय युवासहित २ जना पक्राउ सलह जस्तै अर्थतन्त्रमा अलक्षिन पस्यो : एमाले अध्यक्ष ओली बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रिब्दिकोटको कान्ताश्रममा चैते दशैमा सरायनाच एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने ऋण लिँदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं: केन्द्रीय बैंक चैत्रभित्रै स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला पशुपति मन्दिर परिसरमा पलास्टिक लैजान निषेध टाइगर बनाम पठानमा शाहरुख र सलमानको द्वन्द्व अभिनेत्री शोभितासँग डेटमा नागा साइकलबाट लडेर एकजनाको मृत्यु नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग