७ चैत्र २०७९, मंगलवार

Mar 21, 2023

बुटवल । नव उद्योगीलाई प्रोत्साहन गर्नका लागि रुपन्देहीमा विजनेस इन्क्युवेसन कार्यक्रम सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही, लुम्बिनी वाणिज्य क्याम्पस बुटवल, नेपाल युवा उद्यमी मञ्च (एनवाईएफ) र अन्तरप्रेरणा प्रा.ली.को सहकार्यमा विजनेस इन्क्युवेसन कार्यक्रम सुरु भएको हो ।

Advertisement

उक्त कार्यक्रम सञ्चालनकालागि बिहीबार बुटवल उद्योग वाणिज्य संघमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको तर्फबाट अध्यक्ष खिमबहादुर हमाल, लुम्बिनी वाणिज्य क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख डा. तारा उपाध्याय, नेपाल युवा उद्यमी मञ्च (एनवाईएफ) रुपन्देही च्याप्टरका अध्यक्ष सन्दिप कसौधन र अन्तरप्रेरणा प्रालीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत निरज खनालले हस्ताक्षर गरे । त्यस अगाडी कार्यक्रम सञ्चालन गर्ने संस्था नेपाल कम्युनिटियरका प्रशासकीय प्रमुख अनिल पराजुली र बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हमाल बिच सम्झौता भएको थियो । उक्त सम्झौता अनुसार बुटवल उद्योग वाणिज्य संघले कार्यक्रमको अभिभावकत्व ग्रहण गर्नेछ । त्यस्तै युवा उद्यमी मञ्चले मोनिटरिङ्, लुम्बिनी वाणिज्य क्याम्पसले नलेज पाटनरको रुपमा काम गर्नेछन् । विजनेस इन्क्युवेसन कार्यक्रम सञ्चालनकालागि यहि महिना भित्रै केन्द्र स्थापना गरिने छ । विजनेस इन्क्युवेसन केन्द्रले उद्यमीहरुको सशक्तिकरणकालागि उद्यमीहरुलाई मेन्टर, लगानी कर्ता, बिबिध विधाका बिज्ञहरु, सरोकारवाला व्यक्तिहरुसंग जोड्ने लगायतका विभिन्न उद्यमशिलता बिकासका कार्यक्रम सञ्चालन गर्नेछ ।

केन्द्रले पहिलो चरणमा नेपाल कम्युनिटियरको ६ महिने क्युव कार्यक्रम सञ्चालन गर्नेछ । यस कार्यक्रम सहभागि हुनका लागि आवेदन माग गरिएको र सहभागि हुनका लागि आगामी चैत ७ गतेसम्म आवेदन दिनुपर्ने छ । जसमा १० जना उद्यमीलाई छनौट गरिने छ । त्यसकालागि रुपन्देहीमा व्यापार व्यवसाय गरेको हुनुपर्ने, उक्त प्रतिष्ठानले दुई वर्ष ननाघेको हुनुपर्ने र महिलाले सञ्चालन गरेको वा महिला केन्द्रित वस्तु वा सेवा प्रदान गर्ने व्यवसायीलाई प्राथमिकता दिईने नेपाल कम्युनिटियर प्रशासकीय प्रमुख पराजुलीले जानकारी दिए । त्यस्तैगरी विद्यार्थीहरुमा उद्यमशिल मानसिकता विकास गर्न सहयोग पु¥याउन लुम्बिनी वाणिज्य क्याम्पसमा विजनेस इन्क्युवेसन केन्द्रका स्थापना र सञ्चालन गरिने छ ।

उक्त केन्द्रले विद्यार्थीको नविनतम सोंचलाई व्यवसायमा परिणत गर्न सहयोग पुग्ने क्याम्पस प्रमुख उपाध्यायले विश्वास व्यक्त गरे । पत्रकार सम्मेलनमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हमालले रुपन्देही लगानीकालागि महत्वपूर्ण क्षेत्र रहेको र नव उद्यमीकालागि प्रोत्साहन गर्ने यो कार्यक्रमले उद्यमशिलताको विकास हुने विश्वास व्यक्त गरे ।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको चन्द्रकोट गाउँपालिकाले सोमपाल कामीलाई ५० हजार पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डविरुद्ध नारावाजी सालकको खपेटासहित गोंगबुबाट एक पक्राउ उँखुजन्य उत्पादनलाई व्यवस्थित गर्न सहकारी गठन दलित समुदायको हकअधिकारका लागि सिङ्गो राज्य जिम्मेवार छ : प्रधानमन्त्री प्रचण्ड जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ : अध्यक्ष ओली बर्दिवास मेडिकल कलेज नबन्दै झमेलामा संकिणता र जडता नै नेपालको ओरालो यात्रा ! प्रधानमन्त्री प्रचण्डले गरे सडकको शिलान्यास गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ :राष्ट्रपति पौडेल सरकारमा जान एकीकृत समाजवादीद्वारा कार्यदल गठन दोल्ती पावरको आइपीओमा आवेदन दिने अन्तिम दिन सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा सिटी होटलले आइपीओ निष्कासन गर्न पायो अनुमति सोमबार रातिदेखि वर्षा जारी ‘बौद्धदर्शन र सञ्चार’ अनुसन्धानात्मक कृतिको परिचर्चा कार्यक्रम सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ? अमेरिकी डलरसँगै युरोको भाउ पनि बढ्यो, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ? बुटवलमा यामाहाको एक्स्चेन्ज सुरु राहादानी बिभागले घोडेजात्रामा पनि सेवा दिने