७ चैत्र २०७९, मंगलवार

Mar 21, 2023

फागुन २२,

Advertisement

भैरहवा । भैरहवामा सञ्चालित अन्तरदेशीय एसियन च्यालेन्जर ट्रफी (क्लब) क्रिकेट प्रतियोगिताको उपाधि शंकरनगर क्रिकेट क्लब रुपन्देहीले जितेको छ । बिहीबार भएको फाइनल खेलमा राइनोज क्रिकेट क्लब काठमाण्डौंलाई २६ रनले पराजित गर्दै शंकरनगरले प्रतियोगिताको उपाधि पाउन सफल पाएको छ ।

टस जितेर राइनोजले फिल्डिङ रोजेपछि पहिला व्याटिङको गरेको शंकरनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७७ रनको योगफल बनाएको थियो । उसका लागि शंकर रानाले ७६, तुल बहादुर थापाले २५, सन्दिप सुनारले २२ र सुरज दराईले नटआउट १९ रनको योगदान गरे । बलिङमा राइनोजका सुर्य तामाङले २ तथा कमल सिंह ऐरी, रोहित कुमार पौडेल र रमेश कुर्मीले १/१ विकेट लिए । १ सय ७८ रनको विजय लक्ष्यका साथ व्याटिङ्ग गरेको राइनोज १९ दशमलव ५ ओभरमा १० विकेट गुमाउँदै १५१ रन समेटिएको थियो । रोहित कुमार पौडेलले ७५, धिरज शाहीले २१, गजेन्द्र बोहराले १७ र प्रकाश के.सी.ले १५ रनको योगदान गरे । बलिङमा शंकरनगरका अनिल खरेलले ३ तथा दुर्गेश गुप्ता, सन्दिप सुनार, साहब आलम र विक्रम भुसालले १/१ विकेट लिए । खेलमा शंकरनगरका शंकर राना म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगितामा असरक ग्लोबल स्पोर्टस् बंगलादेशका अलि समद म्यान अफ द सिरिज तथा बेष्ट ब्याट्सम्यान, शंकरनगर क्रिकेट क्लब रुपन्देहीका विक्रम भुसाल वेष्ट बलर र शंकरनगरकै सौरभ खनाल मोष्ट भ्यालुएबल प्लेअर घोषित भएको रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए । भैरहवा क्वीन्स प्रा.लि.को आयोजना, राइनो स्पोर्ट्सको संयोजन तथा रुपन्देही क्रिकेट संघको प्राविधिक सहयोगमा भैरहवास्थित सिद्धार्थ रंगशालामा सञ्चालित अन्तरदेशीय टी–ट्वान्टी प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश पाकिस्तानका गरी ८ वटा व्यवसायिक क्लबले प्रतिष्पर्धा गरेका थिए । प्रतियोगिताको ह्वाक नेपाल, कामना सेवा बैंक, स्प्यारो एसएमएसले प्रायोजन गरेको थियो । प्रतियोगिताको विजेताले ३ लाख नगद पुरस्कार पाएका छन् ।

प्रतियोगिताका विजेतालाई प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयले पुरस्कार प्रदान गरे । सो अवसरमा बोल्दै प्रदेशसभा सदस्य पाण्डेयले खेलकुद क्षेत्रको विकासको लागि राज्यले ध्यान दिनुपर्ने बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको चन्द्रकोट गाउँपालिकाले सोमपाल कामीलाई ५० हजार पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डविरुद्ध नारावाजी सालकको खपेटासहित गोंगबुबाट एक पक्राउ उँखुजन्य उत्पादनलाई व्यवस्थित गर्न सहकारी गठन दलित समुदायको हकअधिकारका लागि सिङ्गो राज्य जिम्मेवार छ : प्रधानमन्त्री प्रचण्ड जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ : अध्यक्ष ओली बर्दिवास मेडिकल कलेज नबन्दै झमेलामा संकिणता र जडता नै नेपालको ओरालो यात्रा ! प्रधानमन्त्री प्रचण्डले गरे सडकको शिलान्यास गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ :राष्ट्रपति पौडेल सरकारमा जान एकीकृत समाजवादीद्वारा कार्यदल गठन दोल्ती पावरको आइपीओमा आवेदन दिने अन्तिम दिन सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा सिटी होटलले आइपीओ निष्कासन गर्न पायो अनुमति सोमबार रातिदेखि वर्षा जारी ‘बौद्धदर्शन र सञ्चार’ अनुसन्धानात्मक कृतिको परिचर्चा कार्यक्रम सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ? अमेरिकी डलरसँगै युरोको भाउ पनि बढ्यो, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ? बुटवलमा यामाहाको एक्स्चेन्ज सुरु राहादानी बिभागले घोडेजात्रामा पनि सेवा दिने