Mar 31, 2023
काठमाडौं । कोरोना भाइरसको आशंकामा आइसोलेसन वार्डमा भर्ना भएका एक नेपाली अस्पतालबाट फरार भएका छन्।
कोरियाबाट आएका सुनसरीका एक युवालाई बुधबार विमानस्थलबाट कोरोनाको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । तर उनी बुधबार राति नै झ्यालबाट हाम फालेर फरार भएको अस्पताल स्रोतले जनाएको छ।
अहिलेसम्म नफर्केका कारण उनकाे खोजी भैरहेको जनाइएकाे छ ।
प्रतिकृया दिनुहोस्