Mar 31, 2023
काठमाडौं । चौंथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेट प्रतियोगिता स्थगित भएको छ।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण चैत १ देखि १५ गतेसम्म हुने इपिएल स्थगित भएको हो । इपिएलका कार्यकारी निर्देशक आमिर अख्तरले कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै ईपीएल स्थगित गरिएको जानकारी दिए । उनले कोरोना भाइरस नियन्त्रण भएपछि खेल तालिका मिलाएर अर्को मिति घोषणा गर्ने बताए ।
नेपाल सरकार, नेपाल क्रिकेट संघ, सहभागी टिम, प्रायोजकसँगको छलफलपछि प्रतियोगिता स्थगित गरेको पनि उनले जानकारी दिए ।प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् ।
प्रतिकृया दिनुहोस्