१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

फागुन २२,

Advertisement

काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व अर्थतन्त्रमा देखापरेको असरले नेपालको आर्थिक वृद्धिदर पनि थप खस्कने देखिएको छ। कोरोना भाइरस अहिलेसम्म ७० भन्दा बढी मुलुकमा फैलिएको छ। अर्थतन्त्रबारे अध्ययन–अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय निकायहरुले कोरोना भाइरसका कारण यो वर्ष विश्व अर्थतन्त्रमा करिब १.५ प्रतिशत विन्दुले कमी आउने अनुमान गरेका छन्।

नेपालको अर्थतन्त्रको आकार सानो छ। तर कोरोनाबाट अतिप्रभावित चीनलगायत अन्य मुलुकसँगको व्यापारिक, आर्थिक र सामाजिक सम्बन्धका कारण नेपालको आर्थिक वृद्धिदरमा पनि असर पर्ने भएको हो। चालु आर्थिक वर्षमा साढे आठ प्रतिशत आर्थिक वृद्धिको सरकारी लक्ष्य छ। सरकारले सोचेजस्तो आर्थिक गतिविधि नबढेका कारण वृद्धिदर ६ प्रतिशत हाराहारीमा खुम्चिने अनुमान यसअघि नै गरिएको छ। कोरोनाका कारण गैरकृषि क्षेत्रमा पर्ने प्रभावले आर्थिक वृद्धिमा थप शंकुचन आउने देखिएको हो। नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी) मा गैरकृषि क्षेत्रको अंश ७३ प्रतिशत छ। अर्थ मन्त्रालयका अधिकारी यो समस्या लम्बिए आर्थिक वृद्धि पाँच प्रतिशतभन्दा तल पुग्ने अनुमान गर्छन्। यो वर्ष कृषि क्षेत्रमा सबैभन्दा ठूलो हिस्सा रहेको धान उत्पादन घटेको छ। अन्य मौसमी कृषि उत्पादन पनि धेरै बढ्न नसकेको अवस्था छ।

यस्तो अवस्थामा कोरोना समस्या लम्बिदै गए गैरकृषि क्षेत्रमा हुने गडबडीले आर्थिक वृद्धि पाँच प्रतिशतभन्दा तल हुने दाबी उनीहरुको छ। केन्द्रीय तथ्यांक विभागका निर्देशक ईश्वरी भण्डारीले कोरोनाका कारण मुलुकको अर्थतन्त्रमा थप असर पर्न थालिसकेको जानकारी दिए। भण्डारीका अनुसार कोरोनाका कारण सेवा क्षेत्रको हाम्रो लक्षित प्रगति हासिल हुनेमा शंका उत्पन्न भएको छ। कोरोनाको प्रत्यक्ष असर कृषिबाहेक सबै क्षेत्रमा कमबेसी पर्न सुरु गरिसकेको छ। अहिलेसम्म कोरोनाले सबैभन्दा बढी असर पर्यटन क्षेत्रमा देखिएको छ। जनवरीमा २ प्रतिशतभन्दा बढीले पर्यटक घटेका छन्। यो तथ्यांक फेब्रुअरीमा झनै घटेको छ। अहिले मुलुकका प्रमुख पर्यटकीय क्षेत्र सुनसान छन्। स्तरीय होटलको अकुपेन्सीदरमा ८० प्रतिशतसम्म कमी आएको छ। चितवन सौराहाका कतिपय होटलले पर्यटक नआएपछि कर्मचारीलाई बिदा दिएका छन्।

कतिपय वायुसेवा कम्पनीले उडानतालिका कटौती गरेका छन्। सरकारले कोरोना बढी प्रभावित जापान, कोरिया, इटाली, इरानजस्ता मुलुकका नागरिकलाई आगमन भिसा नदिने भनेको छ। नेपालीलाई पनि अतिआवश्यकबाहेक स्थानमा वैदेशिक भ्रमणमा नजान भनेको छ। सरकारले चीनसँगका सबै व्यापारिक नाका बन्द गरेको छ। चीनसँगको आयातनिर्यात पनि ठप्प छ।-नागरिक दैनिक

प्रतिकृया दिनुहोस्

Flash News

सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै भारत पुगेर उपचार गराइरहेका क्यान्सर पीडित राईलाई १७ लाख जुट्यो माेटरसाइकल दुर्घटनामा २ जनाकाे मृत्यु जितगढीदेखि सुरु भयो ‘राइड टु रानीमहल सिजन-३’ ६ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै अब स्थानीय पालिकाबाटै पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको आवेदन कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदै