१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

काठमाडौं । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेइका एक सल्लाहकारको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ । ७१ वर्षीय मोहम्मद मिरमोहमम्द्दी खामेनेइलाई सल्लाह दिने एक आयोगका सदस्य थिए ।

यसअघि, देशका प्रमुख धर्मगुरुमध्ये एक रहेका हादी खोस्रोसाहीको बिहीबार कोरोनाभाइरसकै संक्रमणका कारण मृत्यु भएको थियो । राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उपराष्ट्रपति मोसुमेह इब्तेकार र कोरोनाभाइरसविरुद्ध गठन गरिएको सरकारी टास्कफोर्सको नेतृत्व गरिरहेका उपस्वास्थ्यमन्त्री इराज हारिर्ची पनि कोरोनाभाइरसबाट संक्रमित बनेका छन् । गत हप्तादेखि इरानमा कोरोनाभाइरसको संक्रमण फैलिन थालेको हो । सोमबारसम्म यसबाट ६६ जनाले ज्यान गुमाइसकेका छन् भने देशमा यसबाट १५ सयभन्दा बढी संक्रमित बनेका छन् । यसबीच २९१ जना सफल उपचारपछि घर फर्किएका छन् ।

पाकिस्तान, क्यानाडा, लेबनान, अफगानिस्तान, कुवेत, बहराइन, इराक, ओमान, कतार र युएईमा इरान यात्रा गरेर फर्किएकामा कोरोनाभाइरसको संक्रमण देखापरेको थियो ।मध्यपूर्वमा इरानमा सबैभन्दा बढी कोरोनाभाइरसको संक्रमण देखिएको छ । त्यस्तै, भाइरसको उत्पत्ति भएको चीनबाहिर इरानमा नै सबैभन्दा बढीले ज्यान गुमाएका छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

कुनै विचार बोकेकालाई ‘वाइपास’ गरेर नेपाल पत्रकार महासंघ चल्दैन भैरहवामा मेयर कप चैत २२ गतेदेखि चलचित्र बिकास बोर्डका अध्यक्ष केसीको गुनासो : काम गर्न अधिकार नै छैन खसीबोका चोरी गर्ने र किन्ने तीनजना पक्राउ न्यायको पर्खाइमा प्रसूति महिला, श्रीमान फरार भएपछि शिशु र आमाको बिचल्ली नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै