Mar 21, 2023
काठमाडौं । कोरोना भाइरसको आंशकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेका चार जना बिरामीमा संक्रमण नभएको पुष्टि भएको छ ।
आइतबार कोरोनाको आशंकामा अस्पताल पुगेका चारै जनाकाे स्वास्थ्य रिपोट नेगेटिभ आएको हो । चारै जनाको स्वास्थ्य रिपोर्टमा कोरोना भाइरसको संक्रमण नदेखिएको जन स्वास्थ्य स्रोतले जनाएको छ । अस्पताल भने औपचारिक रुपमै केही समयपछि रिपोर्ट सार्वजनिक गर्ने तयारीमा रहेकाे छ ।
चीनबाट एकजना र कोरियाबाट आएका तीनजना गरी चारजनालाई बिरामीलाई आइतबार अस्पताल भर्ना गरिएको थियो। हालसम्म जम्मा २३ जना बिरामीलाई कोरोना आशंकामा आइसोलेसनमा राखिएको छ ।
प्रतिकृया दिनुहोस्