ताजा अपडेट »

नवौं बुटवल श्री प्रतियोगिताको तयारी पूरा

मंगलबार, २० फागुन २०७६, १२ : ४५
8 Shares

बुटवल । रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघ बुटवलको आयोजनामा फाल्गुन २४ गते शनिबार नवौं बुटवल श्री अन्तर प्रदेश ४ र ५ स्तरीय प्रतियोगिता - २०७६ तयारी पुरा भएको छ ।

एशियन भिलेज रिसोर्ट को सभाहलमा हुने प्रतियोगितामा पोखरा, बागलुङ स्याङ्जा नेपालगंज, दाङ, पाल्पा, रुपन्देही, नवलपरासी र कपिलबस्तुका खेलाडिहरुको सहभागिता हुने आयोजकले बताएको छ । आयोजकले प्रतियोगिताको तयारी पुरा भएको बताएको छ । रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघ बुटवलका अध्यक्ष सितु प्रसाद श्रेष्ठले स्वच्छ जीवनका लागि प्रतियोगिताको आयोजना गरिएको बताए । उनले युवाहरु लागू पदार्थको दुर्व्यसनमा फस्ने भएको त्यस्ता युवाहरुलाई यस खेल तर्फ आर्कषित बनाउँदै दुव्र्यशनमुक्त समाजको निर्माणका लागि प्रतियोगिताको आयोजना गरिएको बताए । करिव ७ लाख ५० हजार खर्च हुने अनुमान गरिएको प्रतियोगितामा विजेताले नवौं श्री बुटवल- २०७६ को उपाधि सहित नगद ५५ हजार प्राप्त गर्नेछन् ।प्रतियोगितामा छ वटा बजन समुहमा हुने बताइएको छ । ५५, ६०, ६५, ७० ७५, र ७५ के।जी भन्दा बढि तौल समुहमा प्रतियोगिता हुनेछ । फाईनल चरणको लागि खेलाडी चयन गरिने छ । फाईनल चरणमा प्रत्येक समूहबाट पहिलो हुने खेलाडीहरुले टाईटल स्पर्धा बुटवल श्रीको लागि प्रतिस्पर्धा गर्नेछ ।

फाल्गुन अन्तिम हफ्ता अगाडि नै रुपन्देही जिल्ला खेलकुद विकास समिति बुटवलमा नाम दर्ता गर्न ईच्छुक खेलाडिलाई आबह्न गरेको छ । प्रतियोगितामा म्युजिक राउडमा प्रत्येक खेलाडिले बढिमा १ मिनेट समय सम्मको धुनमा आफ्नो ऐच्छिक आसन देखाउने पाईने नियममा उल्लेख गरिएको छ । प्रत्येक बजन मसुहमा प्रथम,दोश्रो र तेश्रोलाइ क्रमश हुने खेलाडिलाई नगद ५ हजार ३ हजार २ हजार सहित ट्फि मेडल, प्रमाणपत्र बाट सम्मानित गरिने आयोजकले बताएको छ । त्यस्तै अल ओभर विजेतालाई नगद ५५ हजार सहित मेडल प्रमाणपत्र बाट सम्मानित गरिनेछ

०६५ सालमा भएको प्रथम बुटवल श्री मा विकाश चौधरी, ०६८ सालमा भएको दोस्रो बुटवल श्रीमा शेर बहादुर खाम्चा, ०७० सालमा भएके तेस्रो बुटवल श्रीमा विनोद बज्राचार्य र ०७२ सालमा भएको चौथो बुटवल श्रीमा विजेन्द्रमान श्रेष्ठ विजेता भएका थिए ।यसैगरी ०७३ पाचौं बुटवल श्री र ०७४ को छैठौं बुटवल श्री ताराबहादुर थापाले २०७५ सातैं बुटवल श्री चन्द्रमान श्रेष्ठले र २०७५ मा नै आठौं बुटवल श्री विनोद सुनारले जितेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।