ताजा अपडेट »

विपक्षीले अडान नछाडेपछि प्रतिनिधि सभाको बैठक स्थगित

बुधबार, १४ जेठ २०८२, १६ : २५
60 Shares
बुधबार, १४ जेठ २०८२
60 Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षीले सदन अवरुद्ध गरेपछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए।

त्यसपछि साढे ३ बजेलाई तय भएपनि विपक्षीले अडान नछाडेपछि भोलिसम्मको लागि बैठक स्थगित गरिएको हो।

सदनमा आज गृहमन्त्रीले ले सदनमा बोल्ने तयारी गरेका छन् । तर, विपक्षी दल बोल्न नदिने अडानमा छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।