ताजा अपडेट »

ललितकला प्रज्ञाप्रतिष्ठानद्वारा मनीष पन्थ पुरस्कृत

विहीबार, १५ जेठ २०८२, २१ : ४२
34 Shares
विहीबार, १५ जेठ २०८२
34 Shares

ललितकला प्रज्ञाप्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय ललितकला प्रदर्शनी २०८२ मा लुम्बिनी प्रदेशबाट फोटोग्राफर एवम् सिनेकर्मी मनीष पन्थले खिचेको अर्गानिक फोटोले श्रेष्ठता हासिल गर्दै पुरस्कृत भएको छ ।

नेपाल सरकारका पर्यटन,संस्कृति तथा नागरिक उड्डयनमन्त्री माननीय बद्री पाण्डेयले विशेष कार्यक्रमकाबीच काठमाडौंमा मनीषलाई प्रमाणपत्र तथा नगदसहित पुरस्कृत गरेका छन् ।

मनीष पन्थ,बुटवल क्षेत्रमा रहेर ढाई दशकदेखि फोटोग्राफी , फिल्म छायांकन ,निर्देशन तथा फोटो पत्रकारितामा सक्रिय छन् । उनी लुम्बिनी फोटोग्राफर संघ,रुपन्देहीको निवर्तमान अध्यक्ष तथा नेपाल फोटोग्राफर महासंघको केन्द्रीय सदस्य समेत रहेका छ्न् ।

ललितकला प्रदर्शनीमा पुरस्कृत हुँदा आफ्नो कला तथा मिहिनेतले सार्थकता पाएको र थप काम गर्न प्रेरणा मिलेको मनीषले बताए ।  ग्रामीण जीवन र कृषिकर्मसँग सम्बन्धित फोटोले बुटवल तथा काठमाडौं भएको ललितकला प्रदर्शनीमा धेरैको मन खिचेको र आफूले पुरस्कार पाउन सक्ने अड्कल काटेको मनीषले सुनाए । नगद पुरस्कारसहित प्रमाणपत्रद्वारा पुरस्कृत तथा सम्मानित हुँदा प्रतिष्ठानले आफ्नो कलालाई कदर गरेको बताए ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।