काठमाडौँ । मिर्गौला प्रत्यारोपण गरेका पेम्बा शेर्पाले सगरमाथाको सफल आरोहण गरेर ऐतिहासिक उपलब्धि हासिल गरेका छन् । पेम्बाले यही वैशाख ३१ गते बिहान सगरमाथाको शिखर चुम्न सफल भएका हुन । उनकाे यस ऐतिहासिक सफलतामा नेपालकै अग्रणी टेलीकम्युनिकेसन कम्पनी एनसेलले साथ दिएको थियो ।
एनसेलका तर्फबाट एनसेल फाउन्डेसनले आज एक विज्ञप्ति जारी गर्दै मिर्गौला प्रत्यारोपण पछि पेम्बा सगरमाथाको सफल आरोहण गर्ने पहिलो व्यक्ति बनेको भन्दै उनीप्रति हार्दिक सम्मान प्रकट गरेको जनाएको छ। एनसेलले यो ऐतिहासिक सफलता साहस, सङ्कल्प र शक्तिको उदाहरण मात्र नभई, दृढ सङ्कल्पका साथ देखिएका सपना असम्भव छैन भन्ने सशक्त सन्देश पनि रहेको बत्ताएको छ ।
एनसेलले पेम्बा शेर्पाको साहसी यात्रामा सहभागी भई आवश्यक सहयोग गर्न पाएकोमा एनसेल फाउन्डेसनले गर्व महसुस गरेको बताउँदै यो यात्रा एक व्यक्तिगत विजय मात्र नभई शारीरिक चुनौती भोगिरहेकाहरूका लागि आशाको उज्यालो किरण साबित भएको पनि बत्ताएको छ । मानिसहरूमा रहने असीम सम्भावनाहरूलाई पेम्बाकाे याे साहसी कदमले पुष्टि गरेको पनि जनाएको छ ।
यसका, साथै यो यात्राले जलवायु परिवर्तनका कारण सङ्कटमा परेका हिमालहरूको संरक्षणको लागि जनचेतना फैलाउने महत्त्वपूर्ण कार्य गरेको समेत गरेको बत्ताएको छ ।
सगरमाथाको सफल आरोहण पछि आफ्नो उत्साह प्रकट गर्दै यात्रा बारे आरोही पेम्बा शेर्पाले भनेका छन्, “सगरमाथा आरोहण भरि मेरो स्वास्थ्य सबल रह्यो । यस यात्रामा मैले विश्वभरका ८५ करोड भन्दा बढी मिर्गौला रोगीहरूको आशा बोकेर सगरमाथाको चुचुरोमा पाइला राखेँ र इच्छा गरेमा केही पनि असम्भव छैन भन्ने कुरालाई पुरा गर्न सफल भएँ । यो यात्रा पग्लिँदै गएको हाम्रो हिमाल जोगाउनको लागि पनि एउटा सन्देश थियो । मैले धेरैलाई गुहारेँ, तर मेरो सपनालाई एनसेल फाउन्डेसनले मात्र विश्वास गरेर सम्भव बनायो । म साथ र समर्थनका लागि हृदयदेखि आभारी छु,” ।
“पेम्बा शेर्पाको ऐतिहासिक सफलताका लागिहामी उहाँलाई हार्दिक बधाई दिन चाहन्छौँ । उहाँको यात्रा प्रेरणा, सहनशीलता र प्रतिबद्धताको कथा हो- यो केवल एक व्यक्तिगत लक्ष्य प्राप्ति मात्र नभई विश्वव्यापी जलवायु मुद्दाप्रति एक आव्हान पनि हो । यस महत्त्वपूर्ण यात्राको सहयात्री हुन पाएकोमा हामी निकै खुसी छौ,” एनसेल फाउन्डेसन एन्ड स्पेसल प्रोजेक्ट डाइरेक्टर विशाखा लक्ष्मी खड्काले पेम्बाकाे आरोहण बारे भनिन् ।
हिमालहरू केवल आरोहण गरेर सफलता चुम्ने शिखरहरू मात्र होइनन्, तिनीहरू हाम्रो पर्यावरणको प्रतीक हुन् र संरक्षणका लागि हामी सबैले मिलेर प्रयास गर्नुपर्छ भन्ने सन्देश पेम्बा शेर्पाको यो आरोहणले विश्वलाई दिएको एनसेल फाउन्डेसनले जनाएको छ।
एनसेल फाउन्डेसन समाजमा सकारात्मक परिवर्तनका लागि एक उत्प्रेरकको रूपमा उभिएको छ । समुदायमा अर्थपूर्ण परियोजनाहरू मार्फत दिगो प्रभाव पार्ने मुल मन्त्रमा आधारित फाउन्डेसन, एनसेलको व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) पहल मात्र नभई देशभरका समुदायहरूलाई सशक्त र समावेशी बनाउनका लागि योगदान पुर्याउन प्रतिबद्ध समेत रहेको छ ।
काठमाडौँ उपत्यकाजस्ता सहरी क्षेत्रदेखि लिएर पहाड र तराईका दूर दराजका गाउँसम्म, फाउन्डेसनले डिजिटल डिभाइस घटाउने, स्वास्थ्य र शिक्षामा पहुँच विस्तार गर्ने, र समावेशितालाई प्रवर्द्धन गर्ने जस्ता कार्यहरू मार्फत विकास र परिवर्तनका लागि कार्य गर्दै आएको छ । आम जन मानससँगमात्र नभई सामाजिक हितका उद्देश्य, संस्कृति र विकाससँग पनि गहिरो रूपमा जोडिन फान्डेसनकाे प्रतिबद्धता पनि रहेको छ ।
फाउन्डेसन मार्फत हालसम्म २ अर्ब रुपैयाँभन्दा बढीको सामाजिक योगदान दिँदै, एनसेलले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा १ करोड ३० लाखभन्दा बढी मानिसको जीवनमा विभिन्न सामाजिक पहलमार्फत सकारात्मक प्रभाव पारेको छ ।
प्रतिक्रिया