बुटवल । लाफा समुह बुटवलको छैठौ बार्षिक साधारण सभा तथा दोस्रो अधिवेसन बुटवलमा सम्पन्न भएको छ । समुहका अध्यक्ष बबिन थापाको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानरपालिका प्रमुख खेलराज पाण्डेयको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले नरले खेलकुदको विकासको लागि प्रथमिकतामा राखेर काम गर्दै आएको बताए । अन्य पालिकाको भन्दा बुटवलको खेलकुदको लागि पुर्वाधार निर्माण देखि लिएर प्रतियोगीता, विद्यालय तहको खुलकुदको लागि पनि नगरपालिकाले बजेट विनियोजन गरी कार्यक्रम तथा प्रशिक्षण गर्दै आएको बताए ।
उनले खेलकुदको विकासबाट मानिसको चौतर्फी विकास हुने भन्दै उनले यसको लागि सबैसंग सहकार्य गर्दै आएको बताएका थिए । कार्यक्रमा बोल्दै बुटवल उपमहानरपालिका उप प्रमुख सावित्रादेवी अर्यालले विद्यालय तहबाट खेलकुदको विकास गर्दै जाँदा भविश्यमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत खेलाडीले पहिचान स्थापना गर्न सक्ने भन्दै पालिकाकाले विद्यालय खेलकुदलाई प्रथमिकता दिएर काम गर्दै आएको बताईन् ।
उनले यो पटक नरपालिकाले विद्यालय स्तर देखि, मेयर कप, उप मेयर कप, छात्र, छात्रा, महिला, पुरुष का क्षेत्रमा विभिन्न प्रतियोगीता आयोजना गरेको बताएकी थिईन् ।
कार्यक्रममा बुटवल उपमहानरपालिका नगरखेलकुद विकास समितिका संयोजक बोनिन पिया, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष तथा समुहका प्रेस सल्लाहकार विश्वास ढकाल लगायतले आ-आफ्नो भनाई राखेका थिए ।
कार्यक्रममा संस्थाको बार्षिक प्रतिवेदन अध्यक्ष बबिन थापाले प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष हुम बहादुर गाहा९दासु०ले आर्थिक प्रतिवेदन पेश गरेका थिए । अधिवेसनबाट नयाँ नेतृत्व समेत चयन हुँदै छ ।
प्रतिक्रिया