ताजा अपडेट »

पश्चिमी र स्थानीय वायुसहित जलवाष्पयुक्त हावाको प्रभाव : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

सोमबार, १२ जेठ २०८२, ०६ : ३०
78 Shares
सोमबार, १२ जेठ २०८२
78 Shares

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीको उत्तर-पश्चिमका केही क्षेत्र तथा दक्षिण(पश्चिमका अधिकांश क्षेत्रहरूमा साथै भारतको केरला आसपासको क्षेत्र, माल्दिभ्स, श्रीलङ्का लगायतका भू(भागसम्म मनसुनको आगमन भएको र बंगालको खाडीबाट जमिनको भू-भागतर्फ मनसुन अगाडि बढ्ने क्रममा रहेको छ।

सोमबार दिउँसो कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहनेछ ।

कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू(भागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सो को असरबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।