काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज ४० वर्ष मुनिका युवाहरूसँग छलफल गर्दैछ । जेठ १५ गते देखि राजावादी आन्दोलनमा जान लागेको राप्रपाले आज ४० वर्ष मुनिका युवाहरूसँग छलफल गर्न लागेको हो ।
राष्ट्रियसभा गृह, प्रदर्शनीमार्गमा दिउँसो १ः०० बजेबाट सो कार्यक्रम सुरू हुनेछ । राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार संवैधानिक राजतन्त्र पुनर्स्थापना, संघीयता खारेजी र बैदिक सनातनसहित हिन्दु अधिराज्यको पुनर्स्थापनालगायतका विषयमा सो भेलामा ४० वर्ष मुनिका युवाहरूबाट राय लिइनेछ ।
प्रतिक्रिया